जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
रत्ननगर, १० असोज । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको सङ्ख्यामा कमी देखिएपछि बाघ र गैंडाको सङ्ख्या बहन गर्नसक्ने क्षमता (क्यारिङ क्यापासिटी) को अध्ययन गरिने भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले निकुञ्जको बहन गर्नसक्ने क्षमता (क्यारिङ क्यापासिटी) कति छ भनेर अध्ययन गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलको संयोजकत्वमा टोली बनाइएको छ । जसमा विदेशी विशेषज्ञको सहभागिता रहनेछ । हालैको प्रतिवेदनअनुसार यहाँ पाँच वर्षमा २७ बाघ घटेको देखिएपछि निकुञ्जमा पहिलोपटक यसरी अध्ययन गर्न लागिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जमा कुन वन्यजन्तुको कति बहन गर्नसक्ने क्षमता छ भनेर अहिलेसम्म अध्ययन भएको छैन । चितवन निकुञ्ज करीब ९५३ वर्ग किलोमिटरमा फैलिएको छ । यहाँको मध्यवर्ती क्षेत्र भने करीब ७२९ वर्ग किलोमिटरमा फैलिएको छ ।
सन् २०१३ को अनुगमनमा चितवन निकुञ्जमा १२० बाघ थियो । यसपटक ९३ मात्रै बाघ पाइएको छ । सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने सरकारी लक्ष्य रहेकोले पनि क्षमताको अध्ययन जरूरी रहेको निकुञ्ज विभागको भनाइ छ ।
पछिल्लो गणनामा चितवन निकुञ्जमा ६०५ गैंडा रहेको तथ्याङ्क छ । निकुञ्जमा हात्ती, भालु, गौरीगाई, चितुवा, जरायो, चित्तललगायत ठूला जनावरको महत्वपूर्ण वासस्थान हो ।
नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज बाघ र गैंडाको सबैभन्दा ठूलो वासस्थान हो । गणनापछि बर्दिया र शुक्लाफाँटामा केही गैंडा स्थानान्तरण गरिएको छ भने चीन सरकारलाई दुई जोडी गैंडा उपहार दिइएको छ ।
अध्ययनको क्रममा बाघ, गैंडाका आहारा प्रजाति, वासस्थान, पानी, सुरक्षा, चोरी शिकारका चुनौती, चरीचरण भौगोलिक अवस्थालगायत सबै कुराको विश्लेषण हुनेछ ।
Leave a Reply