हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
- असार १, २०८३
रुज, बुल्गेरिया, २३ असोज (एएफपी) । बुल्गेरियाको एक टेलिभिजनमा कार्यरत महिला पत्रकारका हत्यारा पत्ता लगाउन बुल्गेरियाको सरकारमाथि अन्तर्राष्ट्रिय तहबाटै दबाब बढ्न थालेको छ । हत्या गरिएका पत्रकारको सम्झनामा बुल्गेरियाको राजधानी सोफिया र रुज सहरमा ठूलो सङ्ख्यामा मानिस मैनबत्ती बालेर उपस्थित भएका थिए ।
रुजको सानो निजी टीभीएन टेलिभिजन कम्पनीका लागि कार्यक्रम प्रस्तोता ३० वर्षीया भिक्टोरिया मारिनोभाको मृत शरीर गत शनिबार भेटिएको थियो ।
हजारौं अश्रुपुरित मानिस रुजको सेन्ट्रल स्क्वाएरमा मारिनोभाप्रति सम्मान प्रकट गर्न भेला भएका थिए । यस्तै कार्यक्रम राजधानी सोफियामा पनि आयोजना गरिएको थियो । रुजका धेरै स्थानीयवासीले मारिनोभालाई व्यक्तिगतरुपमै चिनेको बताएका थिए । डानुबमा धेरैवटा परोपकारी कार्यमा मारिनोभा सक्रिय हुनुहुन्थ्यो ।
मुख्य अभियोजनकर्ता सोटीर चाचारोभले अनुसन्धाताले हत्याका बारेमा सूक्ष्म अध्ययन थालिसकेको बताउनुभयो ।
युरोपेली युनियनको सबैभन्दा गरिब राष्ट्र बुल्गेरियामा भ्रष्टाचार मौलाएको छ । सरकारी अधिकारीहरूको आलोचना गर्ने लोकप्रिय कार्यक्रम सञ्चालन गरेकै कारण मारिनोभाको बलात्कारपश्चात् हत्या गरिएको अनुमान छ ।
युरोपमा १२ महिनाकै अवधिमा ३ जनाको हत्या भइसकेको छ । यसअघि फेब्रुअरीमा स्लोभाकीयामा इयान कुसिआक र अक्टोबर २०१७ मा माल्टामा डाफ्ने कारुआना गालिजियाको हत्या भएको थियो । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) का अनुसार युरोपेली युनियनमा प्रेस स्वतन्त्रताको अवस्था सबैभन्दा कमजोर छ । विश्वका १८० देशमध्ये बुल्गेरिया १११ औं स्थानमा छ ।
Leave a Reply