‘श्रमिक’ समाजवादको पक्षमा अविचलित
- बैशाख २८, २०८३
भक्तपुर, २८ असोज । भक्तपुर नगरपालिका २ वडा खेलकुद समितिको आयोजनामा वडाका खेलाडीहरूबीच शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आइतबार भयो । भेलामा नेपाल मजदुर किसान पार्टी प्रदेश नं ३ का सदस्य सुरेन्द्रराज गोसाईले प्रदेश नं ३ को प्रदेश सभामा शासक र पुँजीवादी दलको प्रस्तुति भद्रगोल र दयनीय भएको बताउँदै शासक दलले जनताको पक्षमा आवाज उठाउन नसकेको प्रष्ट पार्नुभयो । उहाँले शासक दलहरूको स्वार्थको कारण प्रदेशका नाम र राजधानी चुन्न नसकेको जानकारी गराउँदै सङ्घीयता र विकेन्द्रिकरणको भावनाअनुसार राजधानी काठमाडांै उपत्यकामा राख्न नहुने चर्चा गर्नुभयो ।
२ वडा खेलकुद समितिका सल्लाहकार एवं भक्तपुर नगर खेलक¬द समितिका पूर्वसंयोजक रविन्द्र खर्वुजाले पुँजीवादी व्यवस्थामा भ्रष्टाचार छायाँ सरी आउने बताउनुभयो । खेलक¬दमा भइरहेको नातावाद कृपावाद अनियमितता भ्रष्टाचारको विरुद्ध खेलाडी र सम्बधित निकायबाट समयमै ब¬लन्द गर्नुपर्छ भन्नभयो ।
कार्यक्रममा भक्तपुर नगारपालिका २ नं वडाका वडा अध्यक्ष हरिप्रसाद बासुकला, भक्तपुर जिल्ला भलिवल सङ्घका अध्यक्ष विनोदचरण रायले पनि शुभकामना दिनुभयो ।
२ वडा खेलकुद समितिका अध्यक्ष गणेशप्रसाद सुवालको सभापतित्वमा भएको कार्यक्रममा सचिव राजकुमार लघु र कोषाध्यक्ष पुण्यराम स्वंगमिखा, बक्सिङका साजन लघु र दिनेश बासुकला, व्याडमिन्टनका सिद्धिनारायण आचार्य, कबड्डीका सञ्चज्ञान याकामी र हरिप्रसाद सुवाल, टेवल टनिसका रवि सुवाल लगायतले पनि शुभकामना दिनुभयो ।
Leave a Reply