लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
जुम्ला ३० असोज ः बसपार्क नजीकैको पुलहाउसमा जुवा खेल्दै गरेका १४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले उनीहरूलाई रु दुई लाख ५१ हजारसहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो ।
दशैँतिहारका नाममा बढ्न सक्ने जुवातास, मदिरा सेवनलगायत क्रियाकलाप रोक्न जुम्ला प्रहरीले अभियान शुरु गरेको छ । सदरमुकाम आसपासका क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । पक्राउ परेका सबै जुवाडे चन्दननाथ नगरपालिका क्षेत्रका भए पनि प्रहरीले नाम सार्वजनिक गरेको छैन । (रासस)
Leave a Reply