भर्खरै :

माडुरोको हत्या प्रयास गर्ने थप तीन पक्राउ

काराकस, १८ अक्टोबर । गत अगस्टमा भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोको हत्या गर्ने लक्ष्यका साथ भएको असफल हमलाका आरोपित थप तीन जनालाई गिरफ्तार गरेको छ । इल कापी उपनामका अस्वाल्डो कास्टिल्लो, कापो उपनामका वाल्डर भास्केज र वायु सेनाका पूर्व लेफ्टिनेन्ट कर्णेल राफेल डायजलाई बुधबार गिरफ्तार गरिएको त्यहाँको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । ‘राष्ट्रपति हत्या प्रयासको योजना बनाएको’ भन्ने अभियोगमा उनीहरूलाई गिरफ्तार गरिएको मन्त्रालयले जनाएको छ । गिरफ्तार गरिएका तीन जना भेनेजुयलाका दक्षिणपन्थी शक्तिसँग सम्बन्धित छन् ।
उनीहरूले सन् २०१४ देखि २०१७ सम्म भेनेजुयलामा भएका प्रदर्शनमा भाग लिएका थिए । “हालसम्म हामीले हत्या प्रयासमा संलग्न दुई वटा समूहलाई गिरफ्तार गरिसकेका छौं ।” सो घटनाबारे अनुसन्धान जारी राख्ने प्रतिबद्धताका साथ सूचना तथा सञ्चार मन्त्री रोड्रिग्युजले बताए । गएको अगस्ट ४ मा भेनेजुयलाको नेसनल गार्डको ८१ औं स्थापना दिवसको अवसरमा आयोेजित खुला समारोहमा राष्ट्रपति माडुरोले भाषण गरिरहेकै बेलामा ड्रोन हमला भएको थियो ।
घटनामा माडुरो सकुशल भए पनि केही सैनिक जवानहरूले घाइते भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *