भर्खरै :

भियतनाममा नयाँ राष्ट्रपति निर्वाचित

हनोई, २३ अक्टोबर । भियतनाम कम्युनिष्ट पार्टीका महासचिव नुयन फु त्रोन भियतनामको राष्ट्रपति निर्वाचित भएका छन् । भियतनामको सर्वोच्च व्यवस्थापिका चौधौं राष्ट्रिय सभाको सोह«ौं अधिवेशनले उनलाई भियतनामको सर्वोच्च कार्यकारी पदमा निर्वाचित गरेको हो ।
राष्ट्रपति पदमा निर्वाचित भएपश्चात् मङ्गलबार साँझ त्रोनले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
सपथग्रहण कार्यक्रममा त्रोनले आफूलाई एकातिर खुसी लागेको र अर्कोतिर चिन्ता पनि लागिरहेको बताए ।
‘‘म खुसी छु किनभने मलाई राष्ट्रिय सभाले विश्वास र मायाका साथ यो जिम्मेवारी दिएको छ । यो जिम्मेवारी म कसरी पूरा गर्नसक्छु भन्ने विषयमा म चिन्तित पनि छु ।’’
त्रोनको जन्म सन् १९४४ मा भएको थियो । उनले पार्टी निर्माणलाई मूल विषय बनाएर राजनीतिशास्त्रमा विद्यावारिधि गरेका छन् ।
उनी सन् १९९७ देखि भियतनाम कम्युनिष्ट पार्टी पोलिटव्युरोका सदस्य थिए । उनले सन् २००६ देखि २०११ सम्म राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
सन् २०११ मा त्रोन भियतनाम कम्युनिष्ट पार्टीका महासचिव निर्वाचित भएका थिए र सन् २०१६ मा सोही पदमा पुनःनिर्वाचित भएका थिए ।
गएको सेप्टेम्बर २४ मा भियतनामका तात्कालीन राष्ट्रपति त्रान ताई छ्वानको आकस्मिक निधन भएको थियो । उनको निधनपश्चात् उपराष्ट्रपति ताङ थि गोकले कार्यकारी राष्ट्रपतिको भूमिका निभाउँदै आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *