भर्खरै :

बाह्र सय वर्ष पुरानो गुम्बा जीर्णोद्धार

म्याग्दी, ७ कात्तिक  ः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा रहेको एक हजार २५० वर्ष पुरानो नर्सिङ गुम्बा जीर्णोद्धार गरिएको छ ।
रु दुई करोड ८५ लाखको लगानीमा गुम्बा जीर्णोद्धार गरिएको मुक्तिनाथ क्षेत्र विकास समितिका अध्यक्ष हीराबहादुर ठकुरी (वाङवेल लामा)ले जानकारी दिनुभयो ।जीर्णोद्धारका लागि पुरातत्व विभाग, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, तत्कालीन जिल्ला विकास समिति, मुक्तिनाथ क्षेत्र विकास समिति, स्थानीय संरक्षण समिति, जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालयलगायतले अनुदान उपलब्ध गराएका थिए ।
गुम्बाभित्र भक्तजनले विभिन्न देवीदेवताका मूर्तिहरू राखेका छन् । गुम्बाको जीर्णोद्धारमा स्वदेशी कार्यालय र व्यक्तिको मात्र लगानी रहेको अध्यक्ष ठकुरीले बताउनुभयो । नियमित मर्मत गरिए पनि ढुङ्गा र माटोले बनेको गुम्बामा पानी चुहिने र पर्खाल भत्किने अवस्थामा पुगेको थियो ।बौद्ध धर्मका गुरु रिम्पोछेले एक हजार २५० वर्ष पहिले हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा गुम्बा निर्माण गर्नुभएको थियो । गुम्बाको संरचनालाई बलियो बनाउन माटो कुटेर एक मिटर चौडाइको पर्खाल बनाइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *