भर्खरै :

काठमाडांैमा क्रान्तिकारी शिक्षक भेला

काठमाडांै, ७ कार्तिक । नेपाल मजदुर किसान पार्टीको पेशागत सङ्गठन नेपाल क्रान्तिकारी शिक्षक सङ्घ काठमाडौं जिल्लाका शिक्षकहरूको भेला काठमाडौं महानगरमा भयो ।
भेलामा पार्टीका केन्द्रीय सदस्य नारायण महर्जनले शिक्षकहरूको हातमा शिक्षा र विद्यार्थीहरूको भविष्य रहेझैं राजनीतिकरुपले पनि सचेत पार्ने महत्वपूर्ण भूमिका खेल्नसक्ने बताउनुभयो ।
उहाँले शिक्षक सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन सफल पार्न सक्रियपूर्वक लाग्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घका केन्द्रीय संयोजक ज्ञानसागर प्रजापतिले नेमकिपाको निर्देशनमा पार्टीको लक्ष्य समाजवाद प्राप्तिको लागि र शिक्षकहरूको हक अधिकारको लागि सङ्घ सङ्घर्षरत रहेको बताउनुभयो । सिद्धान्तको किला बलियो भएमा कुनै पनि प्रतिक्रियावादीले छुन नसक्ने बताउँदै उहाँले पार्टीको विचारलाई बस्ती बस्ती पु¥याउन सक्रिय हुन आग्रह गर्नुभयो । उहाँले यही कार्तिक १६ र १७ गते हुने सम्मेलनमा काठमाडौंका साथीहरू सक्रिय हुन अनुरोध गर्नुभयो ।
नेक्राशिसङ्घ काठमाडौ जिल्ला समितिका संयोजक जितबहादुर महर्जनको सभापतित्वमा भएको कार्यक्रममा सङ्घका केन्द्रीय उपाध्यक्ष उद्धव सुजखु, नेमकिपा काठमाडौ जिल्ला सचिव राजवीर डंगोललगायतले बोल्नुभएको थियो ।
भेलाले जितबहादुर महर्जनको संयोजकत्वमा ७ सदस्यीय नेक्रा शिक्षक सङ्घ काठमाडांै जिल्ला तदर्थ समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *