भर्खरै :

हत्या आरोपमा छ पक्राउ

विराटनगर, ८ कात्तिक  ः विजयादशमीका दिन भएको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका छ अभियुक्तमध्ये आज यहाँ एक जनालाई सार्वजनिक गरिएको छ ।
अन्य पाँच अभियुक्त १६ देखि १८ वर्षमुनिका छन् । जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा यही कात्तिक २ गते दशैँ मेला घुम्ने क्रममा विराटनगर–१४ का राहुल भगतको विराटनगर बुधहाट चोक हनुमान मन्दिर अगाडि छुरा प्रहार गरी हत्या गरिएको थियो ।
सो आरोपमा प्रहरीले छ जनालाई पक्राउ गरेकामा विराटनगर–११ का १८ वर्षीय कुहिरा भनिने विशाल सहनीलाई सार्वजनिक गरिएको छ । अन्य आरोपित कम उमेर समूहका भएकाले सार्वजनिक नगरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो । साथीबीच सामान्य भनाभन र झगडा भएकै आधारमा अभियुक्तले घेरा हाली भगतको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको बताइएको छ । घटनास्थल नजीक राखिएको सिसी टिभी फुटेजको विश्लेषणबाट अभियुक्तसम्म पुग्न प्रहरी सफल भएको थियोे । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *