भर्खरै :

काभ्रेमा शिक्षक भेला

काभ्रे, ११ कार्तिक । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ समर्थित काभ्रे जिल्लाका शिक्षकहरूको भेला शनिबार भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टी काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले शिक्षकहरूको राम्रो व्यवहारले विद्यार्थीहरू देश र जनताको सेवामा समर्पित बन्न उत्प्रेरित गर्ने बताउनुभयो । उहाँले शिक्षकहरू आप्mनो कर्म थलोमा इमानदार भएर लागे समाज नै अघि बढ्ने धारणा राख्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले अग्रज शिक्षकहरूको रगत पसिनाले नेराशिसङ्गठन गरेको भएतापनि उक्त सङ्गठन विस्तारै तत्कालीन मालेको पोल्टामा गएको र नेपाली काङ्ग्रेससमर्थक शिक्षकहरू नेशिसङ्गठनमा सङ्गठित भएको अवस्थामा बाँकी शिक्षकहरू शिक्षक युनियनमा लागेको बेला युनियनमा पनि विदेशीको पैसा गन्हाएकोले इमानदार अग्रज शिक्षकहरूले नेपाल क्रान्तिकारी शिक्षक सङ्घ स्थापना गरेको बताउनुभयो ।
नेमकिपा काभ्रेका सल्लाहकार नारायणबहादुर दुवालले शासकहरू आफू मुछिने डरले जतिसुकै ठूलो अपराध गरे पनि संविधान, ऐन कानुनमा मृत्युडण्डको सजाय दिने व्यवस्था नराखेका बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ काभ्रेका अध्यक्ष पितमबहादुर तामाङको सभापतित्वमा भएको भेलामा शिक्षक उद्धव सुजखु र त्रिरत्न सायमीले पनि बोल्नुभएको थियो । भेलाले पितमबहादुर तामाङको अध्यक्षतामा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ काभ्रे जिल्ला समिति पुनर्गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *