भर्खरै :

थारू महिलाको सामूहिक दुना–टपरी उद्योग फस्टाउँदै

दाङ, ११ कात्तिक  ः दाङको लमही नगरपालिका–८ भैस्कोर्माका थारू समुदायका महिलाले सामूहिक रूपमा खोलेको दुना–टपरी उद्योग यतिखेर फस्टाउँदै गएको छ ।
६ वर्ष पहिले स्थानीय पाँच थारू समुदायका महिलाले जनही रु दुई हजार लगानी गरेर सामूहिक रूपमा सञ्चालन गरेको दुना–टपरी उद्योगले अहिले लाखाँै रुपैयाँ बचत गर्न सफल भएको छ । त्यसबाट थारू समुदायका महिला आर्थिक रूपमा सक्षम बन्दै गएका छन् ।
वन जङ्गलमा त्यसै खेर गइराखेका साल र मालुकाका पातहरू सदुपयोग गरी सामूहिक रूपमा दुना–टपरी उद्योग खोलेका भैस्सकोर्माका महिलाले त्यसैबाट लाखाँै रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । अहिले सो उद्योगबाट आफूहरूले रु पाँच लाख २६ हजार बचत गर्न सफल भएको बताउनुहुन्छ उद्योग सञ्चालक समितिका अध्यक्ष फुलकुमारी चौधरी ।
शुरुमा उद्योग कसरी सञ्चालन होला, चल्दैन कि भन्ने चिन्ता थियो । त्यसमा पनि दुना–टपरीबाट पैसा आर्जन गर्ने सकिएला र ? भन्ने आशङ्का थियो । तर, अहिले राम्रो आम्दानी गर्न सफल भएका छौँ, फुलकुमारीले भन्नुभयो ।
सबै मिलेर खोलेको हुँदा सामूहिक कामले सफल गराउँदोरहेछ भन्ने विश्वास बढेको बताउनुहन्छ उक्त उद्योग सञ्चालक समितिका सदस्य तेजकुमारी चौधरी ।
“सामूहिक रूपमा खोलिएको दुना–टपरी उद्योगबाट बचत भएको रकम सहुलियत दरमा गाउँमै ऋण लगानी गरेका छौँ”, तेजकुमारी चौधरीले भन्नुभयो । “समूहमा आबद्ध भएका महिलाले छोराछोरीको पढाइ खर्च, औषधि तथा घर खर्च आवश्यक परेमा पैसा निकालेर खर्च गर्छौँ, आफूसँग पैसा भएपछि ल्याएर उद्योगमा दिन्छाँै”, उहाँले भन्नुभयो ।
सदस्य चौधरीका अनुसार अहिले दुना–टपरीको माग निकै बढेको छ । गाउँघर वा शहरबजार जहाँ पनि दुना–टपरी निकै प्रयोग हुने गरेका छन् । तर पनि उद्योगका केही समस्या छन् । पहिला त पातहरू घर नजिकैका जङ्गलमा पाइन्थे तर अहिले तीन÷चार घण्टा पैदल हिँडेर पात ल्याउनुपर्छ, तेजकुमारीले भन्नुभयो ।
त्यस्तै महिलाले खोलेको उद्योग भन्दै सामुदायिक वन र सङ्घ संस्थाबाट मेशिन पनि प्राप्त गरेका छाँै, उहाँले भन्नुभयो । हेर्दा सामान्य लागेता पनि दुना–टपरी उद्योगबाट पनि लाखौँ कमाउन सकिन्छ भन्ने यो गतिलो उदाहरण हो । यी महिलाको सिको अन्य महिलाले पनि गर्ने हो कि ? (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *