यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौं, १३ कार्तिक । नेपाल–चीन सांस्कृतिक सहयोगअन्तर्गत अनुवाद र प्रकाशनसम्बन्धी दुईदिने सम्मेलन यहाँ सुरु भएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगले संयुक्त रुपमा आयोजना गरेको सम्मेलनको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले गर्नुभयो ।
वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले पाँचौं शताब्दीमा चिनियाँ यात्रीद्वय फाहियान र हुयन साङ बौद्ध दर्शनको अध्ययनका लागि भारतको बाटो हुँदै नेपालको लुम्बिनीलगायत क्षेत्रको भ्रमणमा आएपछि दुई देशबीच सम्बन्ध सुरु भएको र छैटौं शताब्दीमा नेपाली राजकुमारी भृकुटीले चिनियाँ राजकुमार स्रङचङ गम्पोसँग विवाह गरेपछि सम्बन्ध अझ प्रगाढ भएको बताउनुभयो ।
“त्यसैबेला नेपाली बौद्ध दर्शनविद् बुद्धभद्रले चीनमा गएर संस्कृतका ग्रन्थ चिनियाँ भाषामा अनुवाद गरेपछि बौद्धधर्मको प्रभाव बढ्यो, १३ औं शताब्दीमा कलाकार अरनिकोले चीन गएर बनाउनुभएको चैत्यले पनि दुई देशबीचको सांस्कृतिक सम्बन्ध विकासमा सहयोग गरेको थियो ।”
उहाँले नेपाली कलाकारअरनिकोले बनाएको चैत्य अहिले पनि चीनमा धेरै पर्यटक पुग्ने गन्तव्यमध्ये भएको बताउनुभयो ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य सचिव जगतप्रसाद उपाध्याय, चीनका लागि पूर्वनेपाली राजदूतद्वय सुन्दरनाथ भट्टराई र महेश मास्के, चिनियाँ संस्कृति अनुवादक एवं अध्ययन सहयोगका निर्देशक हुङ झुओ युईलगायतले सांस्कृतिक सम्बन्ध विस्तारमा सम्मेलन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
बुधबारसम्म चल्ने सम्मेलनमा अनुवादको अवस्थाका बारेमा नेपालका अनुवादक महेश पौडेल र चिनियाँ विज्ञ जु बाओफेङ तथा प्रकाशन अवस्थाका बारेमा चिनियाँ विज्ञ हुआङ झुओयुई कुओ वेई र चेन मिङ एवं नेपालका लिखत पाण्डेले प्रकाशन अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने प्रतिष्ठानका सदस्य सचिव उपाध्यायले बताउनुभयो ।
कार्यपत्रका बारेमा छलफल गरिने छ । सम्मेलनमा दुवै देशका गरी ५० भन्दा बढी विज्ञको सहभागिता रहेको छ । गत वर्ष चीनमा गरिएको सम्मेलनलाई निरन्तरता दिन नेपालमा कार्यक्रम गरिएको बताइएको छ ।
‘उ रनपाओ’ नेपालीमा
सो अवसरमा चीनका सर्वाधिक ख्यातिप्राप्त किसानका बारेमा लेखिएको पुस्तक ‘उ रनपाओ’ को नेपाली अनुवादको विमोचन गरिएको थियो । ख्व चियानमिङले लेखेको पुस्तकको नेपाली अनुवाद डा. झमकप्रसाद शर्माले गर्नुभएको हो ।
मकालु प्रकाशनगृहले बजारमा ल्याएको पुस्तकको यसअघि नै इमोगेन पेज जर्रेटले अङ्ग्रेजीमा अनुवाद गर्नुभएको थियो । एक वर्षअघि चीनमा पुस्तक प्रदर्शनी एवं सांस्कृतिक सम्मेलनमा जाँदा ल्याइएका पुस्तकमध्येबाट अनुवाद गरी प्रकाशन गरिएका प्रकाशनगृहका प्रबन्ध निर्देशक वासुदेव ढकालले सुनाउनुभयो ।
रनपाओले चीनको सबैभन्दा विपन्न गाउँलाई वैभवशाली बनाउन खेलेको भूमिकाका बारेमा पुस्तकमा चर्चा गरिएको जनाइएको छ । रनपाओले सन् १९६१ मा सुरु गरेको गाउँ समृद्ध बनाउने अभियान सन् १९८० मा सम्पन्न भएको थियो । नेपालका विपन्न गाउँलाई समृद्ध बनाउन पुस्तकले उत्पे्ररणा दिने विश्वास गरिएको छ । सो पुस्तक चीनमा सर्वाधिक बिक्री भएको पुस्तकमध्येमा पर्ने जनाइएको छ । रासस
Leave a Reply