भर्खरै :

अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने संरा अमेरिका हो

झोङ शेङ ( Zhong Sheng)
हालैका दिनमा अमेरिकी सरकार आगामी नोभेम्बरमा हुन गइरहेको मध्यावधि संसदीय निर्वाचनमा चीनले हस्तक्षेप गरिरहेको आरोप लगाउन व्यस्त छ, तर सुरुदेखि अहिलेसम्म उसले त्यसबारे कुनै प्रमाण भने देखाउन सकेको छैन ।
सुरुमा अमेरिकी सरकारको उक्त आरोपको प्रचारप्रसार गरेका अमेरिकी सञ्चारमाध्यमहरूले पछि गुप्तचर विश्लेषकहरूदेखि नेटवर्क सुरक्षा कर्पोरेशनहरूसितको व्यापक अन्तर्वातापछि अमेरिकी सरकारको उक्त आरोपमा सत्यता नभएको बताइरहेका छन् ।
यो विश्वव्यापीरूपमा स्विकारिने सत्य हो कि संरा अमेरिकाले सधैंजसो तथ्यलाई बङ्ग्याउने काम गर्छ । तर हावालाई जति नै तताए पनि त्यसले लामो समयसम्म पानी बोकिरहन सक्दैन ।
चीनले कहिल्यै पनि संरा अमेरिकाको आन्तरिक मामिलामा हात हालेको छैन र त्यस्तो नगर्न ऊसित स्पष्ट विवेक पनि छ । अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा चीन आज पनि अडिग छ । संरा अमेरिकाले जस्तोसुकै कथाहरू रचेपनि यो तथ्यलाई बदल्न सक्नेछैन ।
विश्वका सामुन्ने धेरै अगाडिदेखि नै नजिरहरू छन् कि यो ग्रहमा अरु देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न सबभन्दा बढी चञ्चल हुने देश कुन हो भनेर । त्यसको (संरा अमेरिकाको ) अरु देशका आन्तरिक मामिलामा हस्तक्षेप गर्ने विगतका र हालसालैका क्रियाकलापले होण्डुरस, एल साल्भाडोर, निकारागुआ र अरु मध्य अमेरिकी देशहरूका हजारौं आप्रवासीहरूको भीड संरा अमेरिकतातिरै बढिरहेको घटना सिर्जना गरेको छ । ती आप्रवासी मानव भीड संरा अमेरिका पस्न मेक्सिको – संरा अमेरिकी सिमानातर्फ अघि बढिरहेका छन् । ती आप्रवासीहरू संरा अमेरिकाको सिमानाबाट हजारौं किलोमिटर पर छँदै संरा अमेरिकाले सम्बन्धित देशहरूको भर पर्न नसकिने बताउँदै ती दक्षिण अमेरिकी देशहरूमाथि अनेक किसिमका धम्की दिइसकेको छ ।
यथार्थमा आज टाउको दुखाई बनेको आप्रवासी समस्या संरा अमेरिका स्वयंले विगतमा रोपेको सिस्नुको बोट हुर्केको मात्र हो । आफूलाई पश्चिम गोलाद्र्धको प्रहरी दाबी गर्दै मध्य र दक्षिण अमेरिकी देशहरूमा गरेको हस्तक्षेपकै कारण ती देशहरूमा दमन र अस्थिरता झा·िएर धेरै मानिस आप्रवासीका रूपमा संरा अमेरिका प्रवेश गर्न उद्धत भएका छन् । होण्डुरसमा लागूपदार्थविरुद्धको लडाइँ र मानवताका नाममा कैयौं सैन्य आधार अखडाहरू स्थापना गरेको छ । ग्वाटेमाला र एल साल्भाडोरमा वासिङ्टनको सैन्य हस्तक्षेपका कारण उत्पन्न दसकौं लामो गृहयुद्धको कारण लाखौंले ज्यान गुमाइसकेका छन् । त्यसको नकारात्मक असरबाट ती देश अझै मुक्त भइसकेका छैनन् ।
अहिले देखा परेको आप्रवासी सड्ढट सिर्जना हुनुमा संरा अमेरिकाले तीमध्ये अमेरिकी देशहरूमा पटक–पटक गरेका हस्तक्षेप प्रत्यक्षरूपमा जिम्मेवार छन्– सीमा मामिला सम्बन्धमा अमेरिकी विज्ञ जोसेफ नेभिन्सले केही दिनअघि प्रकाशित ‘कसरी अमेरिकी नीतिले होण्डुरसलाई आजको आप्रवासी भीडको स्थितिमा पु¥यायो’ शीर्षक लेखमा औंल्याएका छन् ।
‘‘अमेरिकी नीतिले मध्य अमेरिकी देशहरूमा राजनीतिक खिचातानी, अवैध सम्पत्ति र आपराधिक क्रियाकलापलाई बढावा दियो र त्यसैको परिणामस्वरुप पढेलेखेका युवाहरू असुरक्षावस आ–आफ्नो गृहनगरबाट भाग्न तथा आप्रवासीका रूपमा सुरक्षित सहर र देशतर्फ लाग्न बाध्य भए’’, नेभिन्सले भने ।
अचम्मलाग्दो कुरा कुख्यात ‘मुनरो डक्ट्रिन’ (मुनरो सिद्धान्त) आज पनि अमेरिकी नेताहरूको राजनीतिक शब्दकोष र सिद्धान्तको अभिन्न भाग बनेर रहेको छ । उनीहरू अहिले पनि समय–समयमा विभिन्न रणनीतिक कौशलका माध्यमबाट ल्याटिन अमेरिकाभर हस्तक्षेपवादको प्रयोग गरिरहेकै छन् ।
तर अन्तर्राष्ट्रिय राजनीतिको आधारभूत ज्ञान भएका जो कोहीलाई पनि थाहा छ कि ‘मुनरो डक्ट्रिन’ शब्द प्रभुत्व र दुष्टता जनाउने साङ्केतिक शब्द हो । कारण मुनरो सिद्धान्तले ल्याटिन अमेरिकी देशहरूमा र त्यहाँका जनतामाथि सधैं अन्तहीन सैनिक हस्तक्षेप, सत्ता विद्रोह र आर्थिक दमन ल्याएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्धका घटनाक्रम नियालिरहने जो कोहीले पनि संरा अमेरिकाले ल्याटिन अमेरिका, युरोप, एसिया र अफ्रिका महादेशका देशहरूको घरेलु मामिलामा हस्तक्षेप गरिरहेको कुरा देख्ने गर्छ ।
अरु देशहरूमाथि आधारहीन आरोप लगाउनुपूर्व संरा अमेरिकी राजनीतिज्ञहरूले आफ्नो अनुहार ऐनामा राम्ररी हेर्नुपर्छ । विश्वको मुख्य आवाज र यथार्थ सामना गर्ने बेलामा तिनीहरू आफ्नो ठूलो मुख देखेर आफै तर्सिनेछन् र लज्जित हुनेछन् ।
आपसी आदर, स्वच्छपन, न्याय र जीत–जीत सहयोगको धारणा व्यापक बन्दै गएको एक्काइसौं शताब्दीमा विश्वव्यापी सहमति, स्वच्छपन र समानता कोरा शब्द रहेनन् न त आफै बिमारी भएर अरुलाई औषधि खान दबाब दिने प्रभुत्वको शक्ति चल्नेछ ।
केही अमेरिकी राजनीतिक दिग्गजहरूले बिर्सन मिल्दैन कि यदि तिनीहरूले समयको धड्कनअनुसार ठोस कदम राख्न सकेनन् भने त्यसले तिनीहरूको म्याद नाघेको मानसिकता प्रदर्शन हुनेछ र तिनीहरूले अझ बढी हार्नुपर्नेछ ।
(चिनियाँ भाषामा झोङ शेङको अर्थ चीनको आवाज हुन्छ र पिपुल्स डेलीले विदेश नीतिसम्बन्धी आफ्नो विचार यही लेखकीय नामबाट प्रकाशन गर्दछ ।)
-It is the US who is wild about meddling in others’ domestic affairs 
– People’s Daily Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *