विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
भैरव रिसाल
साँच्चै न्याय हराएकै हो त ? यो गम्भीर प्रश्न उठाएको छ कञ्चनपुरको भीमदत्त नगरपालिका २, उल्टाखामका दुर्गादेवी पन्त र यज्ञराज पन्तको सम्वेदनशील आर्तनादले । ती दम्पतीकी १३ वर्षीया छोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरी फालिएको शव भेटिएको तीन महिना बितिसक्दा पनि हत्यारा अपराधी पत्ता लाग्न सकेको छैन । अपराधी पत्ता लाग्ने सम्पूर्ण प्रमाण र दसी प्राविधिक दक्षतापूर्वक नष्ट गरिएपछि अपराधी पत्ता लाग्न सहज हुने कुरै भएन । अपराध पत्ता लाग्ने यावत् प्रमाण मेट्ने र नष्ट गर्ने कुपात्रहरूलाई सम्पूर्ण कुरो थाहा हुनुपर्छ पक्कै पनि । अन्यथा सबूत प्रमाण नष्ट गर्ने कुकाम किन गर्थे ? के यो दृष्टिकोणबाट अनुसन्धान गरेनछन् अनुसन्धानमा खटिएका कुनै टोलीले पनि ? सबूत, प्रमाण जोगाएर राख्नुपर्ने प्रशिक्षण प्रक्रियाको पहिलो पाठ नै होला सुरक्षा निकायका मान्छेहरूको । त्यसमाथि पनि जति माथिल्लो पदको अधिकृत भयो उति नै सचेत एवं सिपालु हुनुपर्ने पद्धति हुन्छ होला प्रहरीलगायत सम्पूर्ण सुरक्षा निकायमा । यसर्थ निर्मला बलात्कार र हत्या प्रकरणका मूल अपराधी तिनै प्रमाण नष्ट गर्नेहरू नै हुन् भन्ने नैसर्गिक ठहर होइन र ?
संरक्षण पाएको त छैन अपराधीले ?
निर्मला पन्तका आमा–बुबाले ‘गरिब र निमुखाले न्याय पाउँदैनन्’ भन्ने सुनेका रहेछन् अहिले मुटु घोच्ने बिलौना गरिरहेका छन् । आफ्नी नाबालक १३ वर्षे छोरीको पाशविक बलात्कारपछि जघन्य हत्याको हत्यारा चाहियो पहिला त चरम पीडामा परेका दुर्गा र यज्ञ अर्थात् निर्मलाका बाबु–आमालाई । उनीहरूलाई को–को निलम्बनमा परे वा को–को बर्खास्तमा परे भन्ने समाचारले सोधभर्ना गर्छ र ? त्यो भयावह काण्डको हत्यारा पत्ता लाग्नुप¥यो, हत्यारा चाहियो । यी निलम्बन र खोसुवा सजाय अपराधी उम्काउने वा अपराधी खोजितर्फको ध्यान अर्कोतर्फ खिच्ने चलाखी हो भन्यो कुनै तर्कशास्त्रीले भने पत्याउने कि नपत्याउने ? दुर्गादेवी र यज्ञराजको अन्तस्करण बोलेको छ ‘‘अब छोरीको हत्यारा पत्ता लाग्ने आश छैन’’ हो त !? अब निर्मलाको हत्यारा पत्ता नलाग्ला ? न्याय र विधिशास्त्रले उक्त ठहरलाई मान्यता दिंदैन । सरकारमाथि निर्मलाका बाबु–आमाको कत्रो अविश्वास ? सरकारको अकर्मण्यता नालायकी एवं विश्वसनीयताप्रति कस्तो निष्कर्ष !? के साँच्चै मन लगाएर खोज्दा पनि पत्ता नलागेकै हो त अपराधी ? कुनै ठूला–बडाले त संरक्षण गरिरहेका छैनन् अपराधीलाई ? घोत्लिऔं है !?
कति बलियो अपराधी ?
यो बलात्कारपछि हत्या काण्डमा प्रहरी भन्छ – ‘‘हामी अनुसन्धानमै छौँ केही भन्न सकिन्न ।’’ प्रहरीको अनुसन्धान प्रविधि पनि धेरै थरि हुने रहेछ । प्रहरी ‘न्यारो डाउन’ प्रविधिबाट अनुसन्धान गरिरहेको छ रे ! जुन–जुन प्रविधिबाट अनुसन्धान गरे पनि जनतालाई परिणाम चाहियो, अपराधी पत्ता लाग्नुप¥यो । तर प्रहरी स्रोत भन्छ – ‘‘अझै घटना नजिक पुग्न सकिएको छैन ।’’ धेरै टोलीले अनुसन्धान गरे तर कुनै नयाँ तथ्यमा कोही पुग्न सकेन । निर्मलाका आमा–बुबा राजधानी आए, देशका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेटे । ती दम्पतीले मात्र भेटेनन् मानव अधिकारवादी अग्रज समेतको टोलीले भेट्यो र अविलम्ब अपराधी पत्ता लगाई कानुनअनुरूपको कडा सजाय दिन पनि माग गरे । तर तीन महिना भो अपराध त के अपराधीको सुइँकोसम्म पनि पाएका छैनन् अनुसन्धान टोलीहरूले । के भएको होला त्यत्रो सरकारले खोज्दा पनि पत्ता नलाग्ने !?
देउवाको यो भनाइको तात्पर्य ?
के साँच्चै हो त त्यत्रो धमेलो गर्दा पनि अपराधी पत्ता नलागेको ? अब पनि पत्ता लाग्दैन कि भन्ने प्रश्न पो उब्जन थाल्यो मनमा । त्यत्रो खोजि हुँदा पनि पत्ता नलाग्ने होला यद्वा को–को होलान् अपराधी निर्मला पन्तमाथि बलात्कार गर्ने र बलात्कारपछि उनलाई मार्ने !? प्रमुख प्रतिपक्षका नेता तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले १० कार्तिकको एउटा सार्वजनिक सभामा एक दुई प्रहरी अधिकृतलाई बर्खास्त गरेर वास्तविक दोषीलाई उन्मुक्ति दिन नहुनेसम्म पनि भने । हत्या, बलात्कारजस्ता जघन्य अपराधका दोषी पत्ता नलाग्नु महिनौंसम्म कानुनी राज्यका लागि चुनौति बनेको छ पनि भने । यस्ता क्रियाकलापमा संलग्नको संरक्षणमा सरकार नलागोस् भन्दै बलात्कार र हत्यामा संलग्न जोसुकै भए पनि दोषीलाई कारबाही हुनुपर्छ उनले थपे । बलात्कारी हत्याराको कुनै पार्टी हुँदैन भन्न पनि बाँकी राखेनन् देउवाले । त्यस्ताको संरक्षणमा सरकार नलागोस् भन्ने देउवाको भनाइको तात्पर्य के हो ? प्रश्न उठ्यो मनमा । के साँच्चै अपराधी पत्ता लगाउन नसकिएकै हो ? कति कमजोर सरकार !
प्रमाण नष्ट गर्नु नै पर्याप्त
निर्मला पन्तको चरम निन्दनीय बलात्कार र हत्याजस्ता घटनाको अपराधी किन पत्ता लाग्दैन ! नेपाल प्रहरी एवं अनुसन्धान (गुप्तचर) विभागको योग्यता र दक्षता यही हो त ? के गर्छ गृह मन्त्रालय ? के–केमा समय खर्च गर्छन् गृहमन्त्री थापा महोदय ? सरकारले कञ्चनपुरका तत्कालीन प्रमुख एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई यही काण्डमा नोकरीबाट बर्खास्त ग¥यो । त्यसपछि प्रश्न उठेको छ – निर्मलाले अब कसरी न्याय पाउलिन् ? तीन–तीन महिनाको लामो कालखण्ड बित्दासम्म पनि अपराधी को वा को–कोबाट भएको हो, त्यो अपराधमा को–को संलग्न छन् ? किन पहिचान हुन सकेन ? सो अपराधमा संदिग्ध को छन् ? त्यो पनि केही छैन । सुरूमै सम्पूर्ण प्रमाण नष्ट गरेपछि कसरी पत्ता लाग्छ त अपराधी ? मेरो सामान्य बुद्धि, अपराधको प्रारम्भदेखि नै प्रमाण नष्ट गर्नेहरू नै अपराधको सेफ खोल्ने साँचो होइनन् र ? नत्र किन चौपटसँग नष्ट गरे प्रमाण !? यसको स्पष्टीकरण पनि लिएको हुनुपर्छ । तथ्य ओकलेनन् बयान दिँदा विश्लेषण पुगेन कि ?
एउटा रौँ, एउटा टीका नै पर्याप्त
हत्यापछि निर्मलाको गुप्ताङ्ग पखाल्नु, पेन्टी धोइदिनुजस्ता मिहीन काम अकस्मात् पक्का नि भएका छैनन् । लास छिटो जलाउन दबाब र धम्की दिनु, बेसरोकारको मान्छे आएर मामा–भाञ्जीको कृत्रिम नाता बताएर लाश बुझ्न खोज्नु, बम दिदी–बहिनीका क्रियाकलाप, नक्कली अपराधी खडा गरिनुजस्ता घटना परिघटनाबाट पनि अपराधी पत्ता लाग्न किन सकेन ? मजस्ता अपराधशास्त्र तथा अपराध संहिता र अपराध पत्ता लगाउने विधि नपढेकाका लागि त यी माथि उल्लिखित घटना एवं परिबन्द नै यथेष्ट लाग्छन् । अपराधी औधी चलाख छ भने पनि केही न केही प्रमाण छोडिएका हुन्छन् घट्नास्थल वा अपराधस्थलमा । कारबाही सुरू गर्दा नै प्रमाण नष्ट गर्ने, अपराधी उम्काउने महाअपराध गर्नेले पनि केही प्रमाण छोडेको हुन्छ । कपालको एउटा रौँ वा लगाएको एउटा टीकामात्र पाउँदा पनि सो को विश्लेषणबाट अपराधी पत्ता लाग्छ भने यहाँ …. ?
सूक्ष्म र गम्भीर विश्लेषण जरूरी
धेरै भयो अपराध भएको । अनुसन्धान टोली पनि त्यत्तिका किन्तु अपराधी निर्धक्क ! कस्तो परिस्थिति ! कस्तो अनुसन्धान ! शड्ढै न हो ! यो अपराधको हाँगा र जरा कहाँ कहाँसम्म पुगेका होलान् ? एकजना पूर्व जिल्ला न्यायाधीश मसँग भन्दै थिए रेडियो सगरमाथाको ‘उहिले बाजेको पालामा’ कार्यक्रममा न्यायमूर्तिलाई अन्यायमा पर्नेसँग प्रमाण छैन तर अन्याय गर्नेसँग यथेष्ठ प्रमाण हुन्छ । त्यसकै आधारमा मात्र मुद्दाको फैसला गर्ने हो भने ‘न्याय मर्छ’ अन्यायीको पक्षमा फैसला हुन्छ भन्ने लागेमा तत्काल मुद्दाको फैसला नगरी घोरिएर विचार ग¥यो भने न्याय दिनसक्छ न्यायाधीशले । एउटा जग्गा मुद्दामा अन्यायीले मुद्दा आफ्नो पक्षमा पार्न सबै प्रमाण जुटाएको, तर अर्को पक्षले त्यसो गर्न नसकेको अवस्थामा न्यायमूर्तिले सूक्ष्म एवं विवेकको आँखाले ठम्याउँदा तमसुकमा टिकट नटाँसेको प्रमाण पत्ता लगाई न्यायार्थीको पक्षमा न्याय दिन सकेको घटना सुनाए र न्याय गर्न सकेकोमा गर्व गरे, सन्तोष व्यक्त गरेका थिए । मलाई लाग्छ निर्मला पन्त काण्डमा पनि पर्याप्त प्रमाण त्यही अनुसन्धान रिपोर्टहरूमा छन् । गम्भीर एवं सूक्ष्म चिरफार र विश्लेषण हुनुप¥यो ।
फेरि खोजौँ, फेरि खोजौँ
दुर्गाजी, यज्ञजी ! निराश र हताश् नहुनोस् । पुराना अनुसन्धानका साना र मसिना कुराको सूक्ष्म–सूक्ष्म कुरा केलाउने काम गराउनोस् । तपाइँकी प्यारी छोरीको बलात्कार र हत्यामा बलियो शक्तिको हात छ जस्तो लाग्छ । यो हत्या काण्डका बाछिटा कतै राजनीतिक परिवृत्तसम्म पनि पुगेको त छैन ? यो पक्ष अहिलेसम्म चर्चामा आयो, आएन ? देउवाले अपराधी कसैको संरक्षणमा त छैन ? भन्ने प्रश्न तेस्र्याएका छन् । यो पक्षमा अलि होसियारीपूर्वक प्रवेश गर्नुपर्ला जस्तो लाग्छ । कहिलेकाहीँ सानो सियो हराउँछ हामी ठूला आँखाले ठूला ठाउँमा खोज्छौँ । साना कुरा खोज्न सानै आँखा चाहिन्छ ठूलो घटनाको रहस्योद्घाटन सानो सूचनाले पनि गर्छ । घटनाको प्रमाण नष्ट गर्नुले सुरूदेखि नै रहस्य त्यहीँ छ । प्रमाण नष्ट गर्नुको कारण फेरि खोजौँ मलाई लाग्छ अपराधी पत्ता लाग्छ, पक्का ।
२०७५ कार्तिक ११
Leave a Reply