अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
काठमाडौं, १५ कार्तिक । ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि, पाखुराको नाप र बालभिटा प्रदान गरिएको छ ।
बुधबार र बिहीबार गरी दुईदिने भिटामिन ए खुवाउने अभियान देशव्यापी रुपमा सञ्चालन भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ) लगायत बालबालिकाको क्षेत्रमा कार्यरत अन्तर्र्रािष्ट्रय दातृ निकायको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम रहेको छ ।
सो सञ्चालन गर्न देशभर ३६ हजार बुथमा ६० हजार स्वयंसेविका÷स्वास्थ्यकर्मी जनशक्ति परिचालन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक वर्षमा वैशाख ६ र ७ तथा कार्तिक २ र ३ गते सो कार्यक्रम अभियानको रुपमा सञ्चालन गर्ने गर्दछ । यस वर्ष बडादशैं परेकोले मन्त्रालयले कार्तिक १४ र १५ गते सो अभियान सम्पन्न भएको बालस्वास्थ्य शाखाअन्तर्गतका पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो ।
यसपटक ती कार्यक्रमको नेतृत्व पालिका (गाउँपालिका÷नगरपालिका) ले सफलतापूर्वक सञ्चालन गरेका थिए । प्रदेशका सामाजिक मन्त्रालय तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुगमन गरेको थियो । ‘देशभरका ७५३ पालिकामार्फत ती चारवटै सेवा प्रदान गरियो ।’ उहाँले भन्नुभयो ।
शाखा प्रमुख पराजुलीका अनुसार भिटामिन ए क्याप्सुल ६ महिनादेखि पाँच वर्षमुनिका करीब २७ लाख तथा एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ५६ हजार ८५३ बालबालिकालाई अल्वेन्डाजोल एक ट्याबलेट खुवाइएको थियो ।
‘‘भिटामिन ‘ए’ ले बालबालिकालाई रतन्धो हुनबाट जोगाउँछ, रोगसित लड्ने क्षमतामा वृद्धि हुँदा उनीहरूलाई झाडापखाला, श्वास प्रश्वासलगायतका सङ्क्रमणबाट जोगाउँछ’’, बाल स्वास्थ्य महाशाखाका प्रमुख डा. झलक गौतम बताउनुहुन्छ ।
भिटामिन ए खुवाउने कार्यक्रम सुरु भएको लामो समय बितिसके पनि अझै चार प्रतिशत बालबालिकामा भिटामिन ‘ए’ अभावको समस्या रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । यसैगरी बालबालिकाका लागि अति आवश्यक सूक्ष्म पोषक तत्वको रुपमा बालभिटा खुवाइएको थियो । सन् २००८ देखि ६ महिनादेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन सुरुआत गरिएको थियो ।
बालभिटाभित्र विभिन्न १५ किसिमका पोषकतत्व मिश्रण गरिएको हुन्छ जुन बिहान खानामा मिसाएर खुवाउनुपर्छ । करीब ६ लाख ६० हजार बालबालिकालाई सो बालभिटा वितरण गरिएको थियो । विज्ञका अनुसार २३ महिनाभित्र १८० प्याकेट बालभिटा खुवाउनुपर्छ । यसपटक बालभिटाको कार्यक्रम ४१ जिल्लामा सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ ।
पहिलो दिनमा स्वयंसेविका÷स्वास्थ्यकर्मीले बुथमा आएका बालबालिकालाई ती सेवा प्रदान गरेका थिए । पहिलो दिनमा छुटेका बालबालिकालाई स्वयंसेविकाले बिहीबार घर घरमा गई ती सेवा प्रदान गरेका थिए ।
मन्त्रालयले ६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिन अनिवार्य गरेको छ । ‘‘पाखुराको नापले बालालिकाको पोषणको स्थितिलाई देखाउँछ । नापले रातो, पहेँलो र हरियो अवस्था देखिन्छ । रातोले कडा कुपोषित, पहेँलोेले मध्यम र हरियोले कुपोषित अवस्था देखाउँछ’’, पोषणशाखा प्रमुख पराजुली भन्नुहुन्छ ।
सकुपोषित देखिएका बालबालिकाका अभिभावकलाई पोषण खानाको महत्व, स्थानीय तहमा अन्न तथा फलफूलमा पाइने पोषणका बारेमा जानकारी एवं लिटोका लागि पीठोसमेत वितरण गरिएको थियो ।
Leave a Reply