भर्खरै :

नेता पुनको थप उपचारका लागि थाइल्याण्ड लगियो

काठमाडौँ, १५ फागुन । नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनको थप उपचारका लागि थाइल्याण्डको समितिभेज अस्पताल लगिएको छ ।
उच्च ज्वरोका कारण विगत एक सातादेखि धापासीस्थित ग्रान्डी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।
आज दिउँसो थाइ एयरवेजबाट उहाँलाई थाइल्याण्ड लगिएको छ । चिकित्सकको सुझावअनुसार नै उहाँलाई थप उपचारका लागि थाइल्याण्ड लगिएको हो ।
एक वर्ष पहिले पनि कमलपित्तका कारण बिरामी पर्नुभएका नेता पुनको भारत र थाइल्याण्डमा नै उपचार गरिएको थियो । नेता पुनको साथमा उहाँकी श्रीमती तथा सभामुख घर्ती पनि आजै थाइल्याण्ड जानुभएको सभामुख घर्तीका प्रेस विज्ञ बबिन शर्माले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *