तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
कैलाली, १६ कार्तिक । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ कैलालीको आयोजनामा ‘युनिभर्सिटी’ पत्रिकाबारे अन्तरक्रिया कार्यक्रम हालै सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले समाज र जनतासँग एकाकार भई गरिब जनताको पक्षमा आवाज बुलन्द गर्न विद्यार्थीहरू लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा खगेन्द्रबहादुर शाही, रमेश रावल, जङ्ग तारामी, गुप्त शाही, लक्ष्मी पुन, इन्द्रप्रसाद ढकाल, ईश्वर शाहीले युनिभर्सिटीबारे बोल्नुभएको थियो । त्यस्तै तिर्सना पुन, विवेक रावल, सीमा शाही, राजु पुन, प्रविन शाही र हुनान रावलले पनि पत्रिकाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
Leave a Reply