भर्खरै :

‘दान्य हीरा पुरस्कार’ माणिकलाललाई

काठमाडौँ, १७ कात्तिक ः वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आज यहाँ आयोजित एक कार्यक्रममा प्रा डा माणिकलाल श्रेष्ठलाई, दान्यहीरा पुरस्कार, मुनीबहादुर शाक्यलाई, दान्यहीरा विज्ञान प्रविधि पुरस्कार, नजरराम महर्जनलाई दान्यहीरा पत्रकारिता पुरस्कार, तथा सुरजवीर बज्राचार्यलाई दान्यहीरा सङ्गीत पुरस्कार प्रदान गर्नुभयो ।
शताब्दी पुरुष जोशीले नेपाल भाषा देशको नै समृद्ध भाषा रहेको र नेपाल भाषाको विकासका लागि सरकारले मातृभाषाबाट सञ्चालन हुने विद्यालय खोल्नुपर्नेमा जोड दिनुभयो ।
सङ्घीय समाजवादी फोरम नेपालका कार्यबाहक अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले प्रतिनिधिसभाबाट पारित भइसकेको मातृ भाषामा शिक्षा दिने कानूनलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले मातृभाषाको विकासका लागि सरकारी तहमै मातृ भाषामा स्कुल सञ्चालन गराउने तथा पाठ्यक्रम बनाउन पहल गर्नुपर्ने बताउनुभयो ।
नेपालभाषा एकेडेमीका भाइस चान्सलर तथा दान्यहिरा पुरस्कारका संस्थापक यज्ञरत्न धाख्वाःले नेपाल भाषाको क्षेत्रमा दान्यहिरा पुरस्कार प्रतिष्ठित पुरस्कारमा पर्ने बताउँदै मातृभाषामा शिक्षासम्बन्धी विधेयक पारित गराउन सांसद श्रेष्ठले संसदमा खेलेको भूमिका प्रशंसनीय भएको बताउनुभयो ।  (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *