सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
प्योङयाङ, ५ नोभेम्बर । समाजवादी देश क्युवाका राष्ट्रपति मिगुएल मारियो डायज–कानल बर्मुदेज एसिया भ्रमणको क्रममा अर्को समाजवादी देश प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको राजधानी प्योङयाङ पुग्नुभएको छ । रुसको भ्रमणपछि प्योङयाङ पुग्नुभएका मिगुएलको सम्मानमा कोरियाली मजदुर पार्टीका अध्यक्ष एवं प्रजग कोरियाका राज्य मामिला आयोगका अध्यक्ष किम जोङ उनले आइतबार साँझ भव्य रात्रीभोजको आयोजना गर्नुभएको थियो ।
प्रजग कोरियाका सर्वोच्च नेता किम जङ उन र उहाँकी श्रीमती रि सोज चुले क्युवाली राष्ट्रपति र उहाँकी श्रीमतीलाई रात्रीभोज भएको मोक्रान गृहमा हार्दिकतापूर्वक स्वागत गर्नुभएको थियो ।
रात्रीभोजमा कोरियाली मजदुर पार्टी केन्द्रीय समिति पोलिटव्युरोको अध्यक्षमण्डलका सदस्य, प्रजग कोरियाको राज्य मामिला परिषद्का उपाध्यक्ष तथा कोरिया मजदुर पार्टी केन्द्रीय समितिका उपाध्यक्ष छोई ¥योङ हाय, कोरियाली मजदुर पार्टी केन्द्रीय समिति राजनीतिक व्युरोको अध्यक्षमण्डल सदस्य तथा प्रजग कोरियाली राज्य मामिला आयोगका उपाध्यक्ष प्रधानमन्त्री पाक पोङ चुलगायत पार्टी, सरकार तथा सेनाका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो ।
रात्रीभोजमा क्युवाली भ्रमण टोलीका सदस्य तथा क्युवाली दूतावासका कूटनीतिक अधिकारीहरूको पनि उपस्थिति थियो ।
रात्रीभोज आयोजना भएको हलमा किम जङ उन र मिगुएल मारियो डायज–कानल बर्मुदेज प्रवेश गर्दा सबै सहभागीले उठेर तालीका साथ स्वागत गरेका थिए ।
क्युवाली राष्ट्रपति तथा क्युवाली प्रतिनिधिमण्डलको स्वागतमा प्रजग कोरियाली सर्वोच्च नेता किम जङ उनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
आफ्नो मन्तव्यमा किमले क्युवाली राष्ट्रपतिसँगको भेटले दुई देशबीचको मित्रता सदा अघि बढाउने चाहना प्रदर्शन भएको बताउनुभयो ।
उनले प्रजग कोरिया र क्युवा दुवै देश आफ्नो सार्वभौमिकता र आत्मसम्मान जोगाउने, अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने उस्तै सङ्घर्षमा सँगसँगै अघि बढिरहेको बताउनुभयो । उहाँले शक्तिशाली र समृद्ध क्युवा निर्माणमा क्युवाली जनताप्रति अतुलनीय उत्साहपूर्ण सहयोग रहने विचार राख्नुभयो ।
उहाँले समाजवादी निर्माण तथा स्वाधीन पुनःएकीकरणमा प्रजग कोरियाको सङ्घर्षमा क्युवाली जनताबाट व्यक्त हुँदै आएको बलियो समर्थन र उत्साहप्रति आभार व्यक्त गर्नुभयो । उहाँले क्युवासँग रणनीतिक र कामरेडपूर्ण मित्रता विकास गर्दै जानेमा जोड दिनुभयो ।
मिगुएल डायज कानल बर्मुदेजले पनि सो अवसरमा क्युवामा क्रान्तिकारी विचार अघि बढिरहेको ऐतिहासिक समयमा प्रजग कोरियामा आफ्नो भ्रमण प्रजग कोरियासँगको सम्बन्ध विकासमा क्युवाली कम्युनिष्ट पार्टी र सरकारको बलियो प्रतिबद्धता भएको बताउनुभयो ।
उहाँले क्युवाली जनताप्रतिको मित्रतापूर्ण भावनाको लागि कोरियाली जनताप्रति आभार व्यक्त गर्दै भव्य रात्रीभोजको आयोजनाको लागि धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले क्युवाली जनताका न्यायपूर्ण विचारधाराप्रति प्रजग कोरियाको अविचल ऐक्यबद्धताको लागि कोरियाली मजदुर पार्टी, सरकार र जनताप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
उहाँले दुई देशबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई अझ अघि बढाउन निर्मम शक्तिसँग सम्झौताहीन सङ्घर्ष गर्ने धारणा राख्नुभयो ।
Leave a Reply