भर्खरै :

अध्यक्ष बिजुक्छेंसँग प्रजग कोरियाका राजदूतको बिदाइ भेट

भक्तपुर, २६ कार्तिक । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे. (रोहित) सँग प्रजग कोरियाका महामहिम राजदूत किम योङ्ग हकले सोमबार बिदाइ भेट गर्नुभयो ।
अध्यक्ष बिजुक्छेंको निवासमा भएको सो भेटमा अध्यक्ष बिजुक्छेँले प्रजग कोरियाले राख्दै आएको साम्राज्यवादविरोधी अडान विश्वका स्वाधीन र न्यायप्रेमी देश र जनताको लागि प्रेरणा भएको बताउनुभयो ।
आफ्नै जनताको भरमा देशको विकास र निर्माणलाई अगाडि बढाउने प्रजग कोरियाको जुछे विचारधाराबाट नेपालले सिक्नुपर्ने अध्यक्ष बिजुक्छेंले बताउनुभयो र महामहिम राजदूत हकको कार्यकाल पूर्णरुपले सफल भएको उल्लेख गर्नुभयो ।
अध्यक्ष बिजुक्छेंले नेपाली जनता र कोरियाली जनताबीचको सम्बन्ध बलियो बनाउन राजदूत हकले निर्वाह गर्नुभएको योगदान उल्लेखनीय भएको बताउनुभयो ।
राजदूत किमले विदेशीहरूको भरमा नपरी आफ्नै खुट्टामा उभिएर भूकम्पपछिको पुनःनिर्माण अगाडि बढाउनुपर्ने नेमकिपाको धारणा सराहनीय रहेको बताउनुभयो । महामहिम राजदूत हकले आफ्नो कार्यकालमा नेपाल मजदुर किसान पार्टीबाट भएको सहयोग र समर्थनको लागि अध्यक्ष बिजुक्छेंलाई धन्यवाद दिनुभयो ।
उहाँले नेमकिपा र कोरियाली मजदुर पार्टीबीचको सम्बन्ध अझ बलियो हँुदै जाने विश्वास व्यक्त गर्नुभयो ।
राजदूत किम नेपालमा चार वर्ष दस महिनाको कार्यकाल सम्पन्न गरी स्वदेश फिर्ताको तयारीमा हुनुहुन्छ ।
भेटमा पार्टीका सचिव प्रेम सुवाल, वैकल्पिक केन्द्रीय सदस्यद्वय सृजना सैंजू र राजेन्द्र चवाल तथा अध्यक्ष बिजुक्छेंका परिवार शोभा प्रधान हुनुहुन्थ्यो भने दूतावासको तर्फबाट उपदूत किम जङ ह्योक, काउन्सुलर र राजदूतका परिवार ह्योन जङ ओक र उहाँहरुको नातिनी सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *