भर्खरै :

समृद्धिको साथी को हो ?

– निर्जला
दसैं–तिहार र हर मौकामा
आशिषमात्र होइन, घर, बाटो,
रेल, जहाज, इज्जतसमेत माग्ने
अनि अरुसँगै समृद्धि माग्ने
‘मगन्ते’ प्रवृत्ति कहिले छोड्ने हो
ए मेरा साथी हो ?
मित्रहरूसँग माग्दामाग्दै तिमीले
माग्ने पात्रो र झोलासमेत माग्यौ,
आफ्ना छोरा बेच्यौ, दास बजारमा
छोरीमात्र होइन, स्वास्नीसमेत बेच्यौ
आमासमेत बेच्ने तिमीले
अब केको समृद्धिको नाटक गर्छौ ?
युवाहरूको पौरखी हातहरूलाई
समुद्र पारमा, घर– खेत बेचाई
रगत र पसिना बेच्न कर ग¥यौ,
अनि हरियालीविना कृषि
मजदुरविनाको कल–कारखाना
मानिसविनाको देशको समृद्धि
तिमीले कोसँग माग्छौ ?
शत्रुलाई मित्र सम्झने भ्रम
मित्रलाई शत्रु सम्झने भ्रम,
गुण्डा, अपराधी, हत्यारा र जाली साथ
सब ठग होइनन् ? बरू हेर
तेलको धारा, अनि पाउने छौ
राम्रा साथी देशमा भ्रमविनाको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *