भर्खरै :

नदीजन्य पदार्थको चोरी निकासी रोकिएन

जितपुर, २८ कात्तिक  ः कपिलवस्तुको बाणगङ्गा नदीआसपास क्षेत्रबाट नदीजन्य पदार्थको अवैध निकासी रोकिएको छैन । बाणगङ्गा नदीबाट लामो समयदेखि हँुदै आएको नदीजन्य पदार्थको अवैध चोरी निकासी भइरहेको स्थानीयवासीले बताएका छन् ।
रातिको समयमा बाणगङ्गा पुलको उत्तर र दक्षिणी क्षेत्रबाट निकासी भइरहेको बेला प्रहरीको गस्ती टोलीले पाँच वटा ट्र्याक्टर नियन्त्रणमा लिएको थियो । बाणगङ्गा नगरपालिकाले अवैध निकासीका बारेमा जानकारी लिनका लागि स्थलगत अनुगमन गर्दा निकासी गर्नका लागि राखिएको ढुङ्गा, गिट्टी र बालुवा फेला पारेपछि निकासी नरोकिएको देखिएको छ ।
नगरको वडा नं ८ मा रहेको बाणगङ्गा नदीबाट अवैध रुपमा नदीजन्य पदार्थको निकासी बढ्दै गएको भन्दै नगरप्रमुख मङ्गलप्रसाद थारू, उपप्रमुख चक्र अर्याल, वडाध्यक्ष गुणनिधि भुसाल, प्रहरी, सञ्चारकर्मीसहित संयुक्त अनुगमन टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो । नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ निकासी नरोकिएपछि त्यसको जानकारीका लागि अनुगमन गरिएको नगरका प्रवक्ता विष्णु पन्थीले जानकारी दिनुभयो ।
नदीजन्य पदार्थको निकासी रोकिएको अवस्थामा रातिको समयमा तस्करी बढेको गुनासो आएपछि अनुगमन गरिएको नगर उपप्रमुख चक्र अर्यालले बताउनुभयो । अनुगमन तथा निरीक्षणका क्रममा नदीको छेउछाउ तथा बाटोमा थुपारिएर राखिएको बालुवा, गिट्टी र ढुङ्गालाई नगरले डम्पिङ साइड स्थापना गरी वोडगाउँमा राखिएको नगरका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष विष्णु पौडेलले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *