बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
भक्तपुर, २८ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग व्यास नगरपालिका, तनहुँका प्रमुख वैकुण्ठ न्यौपानेको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बुधबार भेट ग¥यो ।
भेटको क्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ, सांस्कृतिक सम्पदा र पर्यटनलाई प्राथमिकतामा राखी कार्य गरिरहेको बताउँदै नपाद्वारा सञ्चालित विकास निर्माणका कार्यहरूबारे जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘भनपाले नगरभित्रका निजी र सामुदायिक विद्यालयबीच शैक्षिक गुणस्तरको दूरी कम गर्ने प्रयास गरिरहेको छ ।’’
भूकम्पले क्षति भएको भक्तपुरको सम्पदा पुनःनिर्माण कार्य नपाकै स्रोतबाट भइरहेको र नपाले सञ्चालन गरिरहेको सम्पदालगायत अन्य विकास निर्माण कार्यहरू उपभोक्ता समितिमार्पmत स्थानीय स्रोत र जनशक्ति परिचालन गरिरहेको उहाँले बताउनुभयो ।
ब्यास नगरपालिकाका प्रमुख न्यौपानेले ब्यास नगरपालिका सांस्कृतिक विविधतायुक्त नपा भएको जानकारी दिँदै सामुदायिक स्कूलहरूको व्यवस्थापन, ऐतिहासिक, पर्यटकीय, धार्मिक र सार्वजनिक स्थानहरूको संरक्षणलगायत व्यवस्थित सहरीकरणलाई उच्च प्राथमिकता राखी कार्य गरिरहेको बताउनुभयो ।
भेटमा भनपाका उपप्रमुख रजनी जोशी, वडा अध्यक्ष उकेश कवां, इञ्जिनियर ओम हरि था श्रेष्ठ र इञ्जिनियर दिलभक्त जयनाले नगपालिकाको विविध पक्षबारे जानकारी गराउनुभएको थियो ।
Leave a Reply