मध्यपूर्व द्वन्द्वलाई केन्द्रमा राखी सी चिनफिङ र सरिफबिच भेट
- जेष्ठ ११, २०८३
काठमाडौं, २ मंसिर । दुवै देशको सुरक्षामा चुनौती भएको हुँदा नेपाल–भारत खुला सीमा नियमित गर्नु आवश्यक छ । खुला सीमाको कारण सीमा तस्कर र अपराधी एक–अर्को देशमा लुक्ने बढ्दो छ । खुला सीमा नियमित भएपछि नेपाली नागरिकता भारतीयलगायत विदेशीले पाउने स्थिति पनि अन्त्य हुनेछ ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आइतबार भएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली नागरिकता ऐन, २०६३ विधेयक अगाडि बढाउने प्रक्रियाबारेको छलफलमा उक्त भनाइ राख्नुभएको हो ।
उहाँले नागरिकता ऐन, २०६३ मा जन्मको आधारमा नेपाली नागरिकता दिने प्रावधानको कारण ४० लाख भारतीयले नेपाली नागरिकता पाएको भारतकै प्राध्यापक मुकेशकुमार सिंहले आफ्नो पुस्तक ‘नेपाल, इन चाइनाज् पोलिसी’ मा उल्लेख गरेको चर्चा गर्दै प्रस्तुत संशोधन विधेयकमा जन्मको आधारमा नेपाली नागरिकता दिने प्रावधान नराखिए पनि सरजमिन मुचुल्काको आधारमा नेपाली नागरिकता दिने प्रावधान देशलाई सिक्किम बनाउने सरकारको नियत भएको बताउनुभयो ।
नागरिकता विधेयकबारे मानव अधिकारवादी, नागरिक समाज, नेपाल बार एसोसियसन, संसदमा भएका र नभएका राजनीतिक पार्टीका प्रतिनिधिहरु निम्ता गरी परामर्श गर्नु आवश्यक छ, सांसद सुवालले जोड दिनुभयो ।
समितिमा प्रस्तुत विविध विषयमा भनाइ राख्दै उहाँले बालिका निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने अपराधीलाई कारबाही नभएको, सुन तस्करका ठूला माछा पक्राउ नपरेको, समयमा काम सम्पन्न नगर्ने खराब ठेकेदारमाथि कारबाही नभएको विषयबारे गृहमन्त्री रामबहादुर थापाले संसदमा कारबाही गर्ने बोल्नुभए पनि चार महिनासम्म कारबाही नभएको तर्फ गृहमन्त्री थापासँग जिज्ञासा राख्नुभयो ।
गृहमन्त्री थापाले जन्मको आधारमा नागरिकता नदिने बताए पनि सरजमिन मुचुल्काको आधारमा नेपाली नागरिकता दिने विधेयकको प्रावधान हटाउनेबारे स्पष्ट पार्नुभएन ।
गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलगायतलाई कारबाही गर्ने विषय बैठकमा नपरेको जवाफ दिनुभयो । गृहमन्त्रीले जवाफ नदिएपछि अपराधी सरकारकै संरक्षणमा रहेको पुष्टि हुने सिंहदरबार परिसरमा चर्चा चल्यो ।
सांसद सुवालले द्रुतमार्ग निर्माणको नाममा खोना र बोङाको निरीक्षणको प्रतिवेदन तयार भए नभएको बारे जिज्ञासा राख्नुभएपछि प्रतिवेदनको मस्यौदा बुँदा उपलब्ध गराइयो ।
बैठकमा सांसद देवेन्द्रराज कँडेलले भारतीयले नेपाली नागरिकता लिएको यथार्थ भएको बताउनुभयो ।
सांसद झपटबहादुर रावलले ४० लाख भारतीयले नेपाली नागरिकता पाएकोबारे सरकारले तथ्य सार्वजनिक गरी छानबिन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
सांसद कृष्णगोपाल श्रेष्ठले विदेशीसँग विवाह भएका कुनै परिवारको समस्यालाई समाधान गर्न विधेयकमा नागरिकता दिने प्रावधान राख्न नहुने बताउनुभयो ।
सांसद रेखा शर्माले सबैसँग परामर्श गरेरमात्र नागरिकता विधेयक अघि बढाउनुपर्ने विचार राख्नुभयो ।
सांसद नवराज सिलवालले नागरिकता ऐनले नेपाल सार्वभौम रहने नरहने निर्धारण गर्ने बताउनुभयो ।
Leave a Reply