इरानद्वारा अमेरिका–इजरायललाई चेतावनी
- भाद्र १२, २०८३
लि आइछिन
गएको आइतबार प्रथम विश्वयुद्ध समाप्तिको शतवार्षिकी मनाइयो । सो अवसरमा प्रथम विश्वयुद्धमा मारिएका संरा अमेरिकी सिपाहींहरूको सम्मानमा एउटा समारोह आयोजना गरिएको थियो । खराब मौसमको कारण देखाएर संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सो समारोहमा सहभागी बनेनन् । उक्त घटनालाई लिएर अन्तर्राष्ट्रिय मिडियाले आवश्यकताभन्दा बढी नै चर्चा परिचर्चा गरे । तर कमैमात्र मिडियाले प्रथम विश्वयुद्ध हुनुको मूल कारणबारे चर्चा गरे । तत्कालीन शक्ति देशहरूबीच प्रभुत्ववाद विस्तार तथा उपनिवेशहरूमाथि कब्जाको प्रतिस्पर्धाकै कारण त्यो युद्ध भएको थियो । आज पनि संसारमा भइरहेका कतिपय क्षेत्रीय द्वन्द्व र लडाईको मूल जरा त्यही उपनिवेशकालीन समयसँग जोडिएका छन् ।
तथापि संसारभरका मिडियाले कम्तीमा एउटा कुरालाई भने जोड दिएको पाइयो–पेरिसमा आइतबार आयोजित विश्वयुद्धका सिपाहींप्रतिको सम्मान समारोहमा पश्चिमा देशका नेताहरूबीच एकताको आवरणभित्र यतिबेला पश्चिम विभाजित बनेको छ ।
“देशभक्ति भनेको राष्ट्रवादको ठीक विपरीतार्थक हो ।” समारोहमा बोल्दै फ्रान्सेली राष्ट्रपति इम्मानुएल माक्रोंले भने । “राष्ट्रवाद भनेको देशभक्तिप्रतिको धोखेबाजी हो । ‘हाम्रो स्वार्थ नै पहिलो हो, अरूको हामीलाई के मतलब ।’ यति भन्दै गर्दा हामी भुल्दैछौँ– के कुराले कुनै पनि राष्ट्रलाई सबभन्दा प्रिय बनाएको हुन्छ, केले राष्ट्रलाई जीवन दिएको हुन्छ, के कुराले कुनै पनि राष्ट्रलाई महान् र अत्यावश्यक बनाउने गर्दछ ? यी सबै प्रश्नको जवाफ हो– नैतिक मूल्यमान्यता ।” माक्रोंको यो भनाई निःसन्देह डोनाल्ड ट्रम्पप्रति लक्षित थियो ।
राष्ट्रवादको मुद्दा उठाएर माक्रोंले ठीक गरे किनभने प्रथम र द्वितीय विश्वयुद्ध अतिराष्ट्रवाद, जातिवाद र लोकप्रियतावादकै कारण उछालिएका थिए । विकासशील राष्ट्रको हित र विकासशील देशहरूको सहभागितालाई स्वागत गर्ने पश्चिमबाहेकको संसारका देशहरूबीचको एकता, जिम्मेवारी र सहकार्यका कारण मानवजातिले ती दुई युद्धलाई विश्रान्ति दिन सकेका हुन् ।
बिडम्बना, पश्चिमा विश्वले प्रथम विश्वयुद्धको सम्झना गर्दै गर्दा उनीहरूमा जिम्मेवारी र सहकार्यको अभाव प्रस्टै देखियो । कुनै समय पश्चिमा विश्वको नेतृत्व गरेको र दुवै विश्व युद्धमा निर्णायक भूमिका खेलेको संरा अमेरिकाले आज एकताको मूल्य र मान्यता त्याग्दैछ । अब्राहम लिड्ढनले कुनै बेला भनेको आदर्श– “सही विचारले शक्ति दिन्छ भन्ने मान्यतामा विश्वास गरौँ” संरा अमेरिकाले भुलिरहेको छ ।
माक्रोंले केही चर्चा गरे पनि संरा अमेरिकी एकपक्षवादसँग कसरी व्यवहार गर्ने र पश्चिमा विश्वबीचको विभाजनलाई कसरी जोड्न सकिन्छ भन्ने प्रश्नको उत्तर भने अझै पनि निस्किसकेको छैन ।
वाशिङ्टनको व्यवहारबाट पटकपटक चिढिएको युरोपेली सङ्घले आफ्नै रणनीतिक बाटो खोज्न थालेको छ । इरानसँगको आफ्नो व्यापारलाई संरा अमेरिकी नाकाबन्दीबाट जोगाउन युरोपेली सङ्घले विशेष बन्दोबस्त गर्ने घोषणा गरिसकेको छ । रक्षा मामिलामा संरा अमेरिकामाथिको निर्भरता कम गर्दै जान युरोपेली सेना गठन गर्ने योजना बनाउने पूर्वाभ्यासको थालनी भइसकेको छ । ट्रम्पले रक्षा मामिलामा युरोपको संरा अमेरिकाप्रतिको निर्भरतालाई लिएर पटकपटक अपमानपूर्ण अभिव्यक्ति दिएको युरोपेली देशलाई चित्त बुझेको छैन ।
विश्वयुद्ध समाप्तिको शतवार्षिकीको अवसरमा आयोजित कार्यक्रमले आगामी दिनमा त्यस्ता युद्ध कसरी हुन नदिने भन्ने मूल विषयमा केही पनि कुरा गरेन । बरू उक्त कार्यक्रम संसारलाई पश्चिमा देशबीचको खोक्रो एकता देखाउने फोटो खिच्ने कार्यक्रमजस्तो मात्र बन्यो । दुर्भाग्यवश टुटफुट भएको अन्तरएटलान्टिक मोर्चाले विश्वव्यापी स्थायित्वको नराम्रो भविष्यतिर सड्ढेत भने गरेको छ ।
विश्वशान्तिको रक्षा गर्न विकासशील देशहरूको सहभागिता र सरसल्लाह पश्चिमको मूल्यमान्यता कहिल्यै बनेन । के पश्चिमा देशहरूले बितेका एक सय वर्षमा कुनै पाठ सिक्न सक्यो ?
स्रोत ः ग्लोबल टाइम्स
प्रस्तुति ः सुशिला
Leave a Reply