भर्खरै :

अक्टोवर क्रान्तिको उपलब्धिबारे नयाँ पुस्तालाई शिक्षित गर्नु आवश्यक

भक्तपुर, ५ मंसिर । ‘‘सम्पूर्ण कामदार वर्गको शिक्षा र स्वास्थ्य उपचार निःशुल्क, स्वदेशमा रोजगारी, उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गर्न समाजवाद आवश्यक छ । रूसमा १०१ वर्ष अगाडि सम्पन्न अक्टोवर समाजवादी क्रान्तिको उपलब्धि यही हो ।’’
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रभात इङ्गलिश माविमा बुधबार सम्पन्न अक्टोवर क्रान्ति दिवसमा उक्त भनाइ राख्नुभएको हो ।
पुँजीवाद र साम्राज्यवादको खराबी र समाजवादको सकारात्मक पक्षबारे शिक्षक शिक्षिकाहरूले नयाँ पुस्तालाई दीक्षित गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले क्रान्तिपछिको उपलब्धिबारे समाजलाई नै सुसूचित गर्नेतर्फ शिक्षक शिक्षिकाहरू अग्रसर हुनुपर्ने उल्लेख गर्नुभयो ।
सांसद सुवालले लेनिन नेतृत्वको बोल्शेविक पार्टीले पुँजीवादको क्रान्तिकारी उपयोग गरी अक्टोवर क्रान्ति सम्पन्न गरेको चर्चा गर्दै मेन्शेविकहरू पुँजीवादी सरकारको भागबण्डामा गएर राज्यको ढुकुटी लुटपाटमा लागेको बताउनुभयो ।
‘‘नेपालमा पनि हिजोका एमाले र माओवादी अर्थात् अहिलेको नेकपाले पुँजीवादी सरकारमा गएर देश र जनतामाथि शोषण गरी विस्तारवाद एवं साम्राज्यवादको दलाली गरिरहेको छ’’, सांसद सुवालले भन्नुभयो ।
‘‘नेपाल मजदुर किसान पार्टीले संसदमा सुन तस्करका ठूला माछा, खराब ठेकेदार, वाइड बडी हवाईजहाजको खरिदका भ्रष्टाचारीहरूलाई कारबाही गर्न आवाज उठाएको थियो तर नेपालको दुईतिहाइ समर्थनप्राप्त सरकार पञ्चायत र नेकाको जस्तै अस्पष्ट ढङ्गले अगाडि बढिरहेको छ’’, उहाँले बताउनुभयो ।
प्रदेशसभाका सांसद सृजना साँयजूले अक्टोवर क्रान्तिको उपलब्धि र यसले विश्वमा पारेको प्रभावबारे सविस्तार चर्चा गर्नुभयो ।
ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले क्रान्तिपूर्व रूसको अवस्थाबारे प्रकाश पार्नुभयो ।
इन्जिनियरिङ समाजका ई. सुजन माकले स्तालिनबारेको भ्रम र यथार्थबारे चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *