भर्खरै :

आफू जवान छँदाको कुरा स्वतन्त्रता र ज्ञानको लागि मेरो सङ्घर्ष

ल्यू याशिओङ
(ल्यू याशिओङ आज पेइचिङमा शान्त अवकाशप्राप्त जीवन बिताउनुहुन्छ । उहाँ आफ्नो एकमात्र छोराको चारजनाको परिवारसित एक विशिष्ट चिनियाँ घरमा रहनुहुन्छ । ८१ वर्षको उमेरमा उहाँ सञ्चार मन्त्रालयको लागि सल्लाहकार हुनुहुन्छ र उहाँ बढी रक्तचाप वा मुटुको धमनीमा रगत जम्ने रोगबाट कहिले कहिले पीडित हुँदाहुँदै पनि त्यसका बैठकहरूमा भाग लिनुहुन्छ । उहाँ चिनियाँ जन–राजनैतिक सल्लाहकार सम्मेलनद्वारा आयोजित सभाहरूमा पनि भाग लिनुहुन्छ ।
ल्यू घरमा साधारण जीवन बिताउनुहुन्छ र साथीहरूसित भेटघाट गर्नुहुन्छ । एक्लै बस्दा उहाँ चिनियाँ उत्कृष्ट क्लासिकी रचनाहरू र १९२० को दशकमा लेखिएका साहित्यिक कृतिहरू पढ्न रुचाउनुहुन्छ । टेलिभिजनमा देखाइने शास्त्रीय नाटक–फिल्महरू उहाँलाई अति मनपर्छ ।
१९३० र १९४०का दशकहरूको बीचमा जापानी आक्रमण विरोधी युद्धको बेलामा, ल्यू याशिओङ उत्तरी चीनको थाइहाङ पहाडस्थित एक छापामार सङ्गठनकर्ता हुनुहुन्थ्यो । १९४४ मा उत्तर–पूर्व मुक्त भएपछि, उहाँ छङ्छुन काउण्टीको पार्टी कमिटीकी प्रथम सचिवमा नियुक्त हुनुभयो । छापामार युद्धमा ल्यूका पराक्रमहरूबारे मानिसहरूले निकै सुनेका छन् र धेरैजसो पत्रकार र लेखकहरूले उहाँसित अन्तर्वार्ता लिन चाहे । तर प्रचार मन नपराउनुहुने ल्यूले विरोध गर्दै भन्नुभयो, ‘‘अहँ हुन्न । त्यसबारे लेख्न लायकको कुनै कुरो छैन । म लाखौंमा एकजना मात्र हुँ ।’’)
१९०१ मा एक रुढीवादी परिवारमा मेरो जन्म भएको थियो । शान्शी प्रान्तको शिङशियान काउण्टीको एउटा गाउँमा हाम्रो घर थियो र हामी पाँच पुस्ता एकसाथ बस्दथ्यौं । वर्षौंसम्म हामीले एक निश्चित कार्यविधिको अनुसरण ग¥यौँ र हाम्रो जीवन परम्परागत नियम तथा रीतिथितिद्वारा बाँधिएको थियो । मेरो पिता एक प्रबुद्ध व्यक्ति हुनुहुन्थ्यो र उहाँ परिवारको नाइके हुनुभएपछि मात्र अति प्रतिबन्धात्मक पारिवारिक चलनहरूलाई परित्याग गरियो । उहाँ महिलाहरूप्रति गरिने भेदभावको खुब विरोधी हुनुहुन्थ्यो र काउण्टी भरिमा आमाबाबुले खुृट्टा नबाँधेको पहिली केटी म नै थिएँ । मानिसहरू मेरो खिस्सी गर्थे र मलाई ‘‘उताउली केटी’’ भन्ने गर्थे ।
म एघार वर्षकी हुँदा, मेरा पिताले मलाई स्कूलमा भर्ना गर्न वाइयुआन सहरमा लग्नुभयो । यसरी प्रान्तीय राजधानीको स्कूलमा भर्ना हुन काउण्टी छाड्ने पहिलो केटी पनि म नै भएँ । प्राथमिक स्कूल छाडेपछि म थाइयुआन प्रान्तीय कन्या नर्मल पाठशालामा गएँ । उक्त स्कूल वस्तुतः एक दमनकारी संस्थान थियो । त्यहाँ आवासीय केटीहरूलाई, उनीहरूको परिवारले लिन नआएमा, बिदामा स्कूल छाडेर जान दिइँदैनथ्यो । नत्रभने स्कूलबाट स्वीकृति पत्र प्राप्त गरेपछि मात्र परिवारले उनीहरूलाई लिन कसैलाई पठाउनु पथ्र्यो । आवासीय छात्राहरूलाई परिवार बाहिरका कुनै पनि पुरुषसित भेट्न दिइँदैनथ्यो । यो कुरा विवाह भएका केटीहरूमा समेत पनि लागू हुन्थ्यो । अवश्य पनि छात्राहरूलाई स्कूल बाहिर हुने खेल वा अन्य मनोरञ्जक कार्यक्रमजस्ता सामाजिक क्रियाकलापमा भाग लिन मनाही गरिएको थियो र अलि मात्र राजनैतिक रङ्ग भएको क्रियाकलापमा त भाग लिन दिने कुरै भएन ।
मेरा दुईजना सहपाठी चाओ र छाङको विवाह भयो र उनीहरूको लागि लोग्नेको प्रबन्ध् उनीहरूका परिवारले गरेका थिए । आफ्ना लोग्नेसित दुवैजनाको ठ्याक मिलेन र छाङको लोग्नेले त रखौटी खोज्नेसमेत ग¥यो । ती दुई केटीहरूलाई पारपाचुकेको माग गर्ने अधिकार थिएन र उनीहरूको अवस्था दारुण थियो । ज्यादै खिन्न भएर उनीहरू थाइयुआनको उत्तरी प्रवेशद्वार बाहिर रहेको एउटा मन्दिरमा भिक्षुणी बन्न भागेर गए । यो कुरो सुनेर हामीलाई उनीहरूप्रति ज्यादै दुःख लाग्यो । चाओ मेरो क्लासमा पढ्ने केटी थिई । त्यसबेला म पाठशालाको उत्कृष्ट छात्रा थिएँ । पाठशालाको अर्को साथीसित मन्दिरमा गएर मैले आग्रह गरी उनीहरूलाई फर्काएर ल्याएँ । तर उनीहरू स्कूलमा बसे भने त्यसको प्रतिष्ठा नष्ट हुनेछ भनी डराएर पाठशालाका अधिकारीहरूले उनीहरूलाई पाठशाला छाडेर जाऊ भने । छात्रा समुदायमा सहानुभूति थियो र त्यसले सो फैसलाप्रति खुल्ला रुपमा असन्तोष व्यक्त ग¥यो । उनीहरूलाई फर्काएर ल्याउने आफू भएकोले मलाई विशेष गरी रिस उठ्यो । मैले सोचेँ–यस्तो कुरा शैक्षिक संस्थामा खराब मानिन्छ भने अरु ठाउँमा कस्तो होला त ? त्यसबेला मलाई के थाहा थिएन भने तत्कालीन ह्रासोन्मुख सामाजिक व्यवस्था नै समस्याको जड थियो ।
१९१९ मा म तेस्रो गे्रडमा थिएँ । थ्येन आन मेनमा जम्मा भई पेइचिङका विद्यार्थीहरूले पेरिस शान्ति सम्मेलनमा शान्तुङमाथिको चीनको प्रभुसत्तालाई बेवास्ता गरेकोमा साम्राज्यवादी शक्तिहरूको निन्दा गरे र राष्ट्रिय हितलाई तिलाञ्जलि दिएर विदेशी शक्तिहरूलाई खुशी पारेकोमा स्वदेशका सरकारी नेताहरूको भत्सर्ना गरे । उनीहरूले के माग गरे भने युद्ध–सरदार युआन शिहकाइद्वारा शासित तत्कालीन चीनसित असमान सन्धि गरी जापानले गरेका ‘एक्काइस मागहरू’ खारेज गरियोस् र त्यो विश्वासघाती कार्यमा संलग्न रहेका प्रमुख जापान–समर्थक अधिकृतहरूलाई कठोर सजाय दिइयोस् । पेकिङका विद्यार्थीहरूको क्रान्तिकारी कारवाही सम्पूर्ण मुलुकका जनतामाथि ठूलो प्रभाव पा¥यो र उक्त कारवाही चीनको आधुनिक इतिहासमा मई ४ (देशभक्तिपूर्ण) आन्दोलनको रुपमा सुप्रसिद्ध रहेको छ । थाइयुआनाभरका मानिसहरू, खास गरेर विद्यार्थीहरू, जम्मा भएका थिए । हाम्रो पाठशालाका केही विद्यार्थीहरूले वर्तमान परिस्थितिबारे देशभक्तिपूर्ण लेख र टिप्पणीहरू भएको एउटा लिथो गरिएको पुस्तिका निकाले । म उक्त काममा संलग्न थिएँ र त्यस बेलादेखिन् मैले क्रान्तिकारी विचार भएका नयाँ पुस्तक र लेखहरू पढ्न थाले र प्राचीन शास्त्रीय पुस्तक र हाम्रो पाठयक्रममा रहेका अन्य केही विषयहरू, खास गरेर सिलाइ–विषयदेखि मलाई वाक्क लाग्यो ।
स्नातक हुनुभन्दा अघिल्लो वर्षमा हामीले विद्यार्थी सङ्गठन बनाउन खोज्यौं । ब्वाइज् नमंल स्कूलका विद्यार्थीहरूले पहिले नै सङ्गठन बनाइसकेका थिएन र उनीहरू हामीलाई मद्दत गर्न इच्छुक थिए, तर केही लागेन । स्कूलको वार्षिकोत्सव मनाउँदाखेरि हामीले एउटा नाटक देखाउन चाहयौं तर स्कूलका अधिकारीहरूले त्यसलाई पनि अस्वीकार गरे । गाउँले इलाकामा गई त्यहाँका महिलाहरूलाई खुट्टा नबाँध्न भन्न जाने उद्देश्यले हामीले अलि पहिले नै हिउँदे बिदा दिइयोस् भनेर अनुरोध ग¥यौं, तर उनीहरूले हाम्रो अनुरोधलाई अस्वीकार गरे । स्कूलका अधिकारीहरू अत्यन्त दमनकारी र धिङन्याहा भएकोले विद्यार्थीहरूमा असन्तोष बढ्यो । प्रधानाध्यापकको विरोध गरेको कारणले कालो सूचीमा नाउँ दर्ताभिएकाहरूमा म पनि थिएँ । पहिले मलाई एक असल विद्यार्थी ठानिएको थियो र अब म अनुशासनहीन ‘खराब विद्यार्थी’ भएँ । यी घुम्ती र मोडहरूबाट गुज्रँदा मैले एउटा अस्पष्ट आदर्श लिएको थिएँ–भविष्यमा शैक्षिक लक्ष्यमा भूमिका खेल्ने र महिलाहरूको चेतना उठाउन तथा उनीहरूको दुःख निवारण गर्नेमा मद्दत गर्ने मेरो आशा थियो । त्यसैले कन्या नर्मल पाठशालाबाट स्नातक भइसकेपछि मैले आफ्नो अध्ययनलाई अघि बढाउने दृढ निश्चय गरेँ । कलेज शुल्कको लागि पैसा जम्मा गर्ने उद्देश्यले म एक वर्षसम्म प्राथमिक शिक्षिका बनेँ र अर्को वर्ष अङ्ग्रेजी भौतिकशास्त्र र रसायनशास्त्र पढाउने तयारी पाठशालामा आवासीय छात्रा बनेँ ।
१९२३ मा म सरकारी पेइचिङ महिला शिक्षक कलेजमा भर्ना भएँ । त्यहाँ सुरुमा म एक उत्साही छात्रा थिएँ र मैले सकेसम्म धेरै किताबहरू पढेँ । बिहान सबेरै उठ्ने र राति अबेर सुत्ने गरेर मैले खुब अध्ययन गरेँ । कलेजका अध्यक्ष श्री शु शओशाङ एक सुशिक्षिति, प्रगतिशील शिक्षाविद् र विद्वान हुनुहुन्थ्यो । उहाँ इमानदार तथा सदाचारी हुनुहुन्थ्यो र युवाहरूलाई माया गर्नुहुन्थ्यो । तर मार्च १९२४मा श्री शुले राजनीनामा गर्नुभयो र याङ यिन्यु अध्यक्षा भइन् । उनमा ज्ञान र सामथ्र्य दुवैको कमी थियो । उनी वास्तवमा सत्ताधारीहरूका पहरेदार र साम्राज्यवादीहरूका चाकरमात्र थिइन् । उनले प्रगतिशील प्राध्यापकहरूलाई निकालेर आफ्नै समर्थकहरू भर्ना गर्न थालिन् । श्री शुको अध्यक्ष कालमा स्थापित गरिएके प्रगतिशील अध्ययन–प्रणालीलाई याङले खारेज गरिन् । यो परिस्थिति प्रगतिशील विद्यार्थीहरूको लागि असह्य भयो ।
१९२४ को हिउँदमा विद्यार्थीहरूले याङलाई हटाउनेबारेमा छलफल गरे । अध्यापन गुणस्तर घटेको र याङको घिनलाग्दो व्यवहार देखेर गम्भीर चिन्ता लिने कैयन् अन्य प्रगतिशील सहपाठीहरूमा म पनि सम्मिलित भएँ । हामीले कलेजको सुधारको जरुरी खाँचोबारे पनि कुराकानी ग¥यौं । माथिल्लो क्लासमा पढ्ने शु क्वाङफिङ (पछि उहाँले चीनका प्रसिद्ध लेखक लु शुनसित बिहे गर्नुभयो । १९६८ मा निधन हुनुअघि उहाँ अखिल–चीन महिला सङ्घका उपाध्यक्षा हुनुहुन्थ्यो ) अरुहरूको पनि त्यस्तै विचार थियो । उहाँ मार्फत हामीले लु शुनको अविरल सहायता र निर्देशन पायौं । याङलाई हटाउने विचार छिटोसित फैलियो ।
सर्वप्रथम हामीले याङको सामु निम्न मागहरूमात्र पेश ग¥यौं ः केही असल प्राध्यापकहरूको पाठ्यक्रम फेरि चलाऊ, आफ्नो पितृसत्तात्मक नेतृत्व–शैलीलाई छाड, आफ्नो गुटको सदस्य डीनलाई हटाऊ र विद्यार्थी गतिविधि स्वतन्त्र रुपले चल्न देऊ । तर शासकवर्गको दलाल हुनाले याङले हाम्रो न्यायोचित अनुरोधलाई मान्न सकिनन् । मई ९, १९२५ मा शिक्षा मन्त्रालयको समर्थनबाट तिनले शु क्वाङफिङ, ल्यू हेचेन र अरु चारजना विद्यार्थीहरूलाई कलेजबाट निस्कासित गरिन् र विद्यार्थी स्वशासित सङ्घको कार्यालयमा ताला मारिदिइन् ।
याङले विद्यार्थी नेताहरूलाई निस्कासित गरेको घटनाले विद्यार्थी समुदायमा र साथै विशाल बहुसङ्ख्यक फेकल्टी तथा प्रशासकीय कर्मचारीहरूमा रोष पैदा ग¥यो । त्यसको बदलामा विद्यार्थी सङ्घले याङको कार्यालयमा ताला मा¥यो, ठूल–ठूला पोष्टरहरू टाँस्यो र तिनलाई कलेज हाताभित्र पस्न मनाही ग¥यो । याङले एकपटक पस्न खोजिन् , तर तुरुन्तै विद्यार्थीहरूले तिनलाई लखेटेर पठाए । लु शुनले अन्य प्राध्यापकहरूसित मिलेर हडताली, विद्यार्थीहरूको समर्थनमा संयुक्त घोषणा निकालेर व्यक्तिगत रुपमा अघि सर्नुभयो ।
जीत कुन पक्षको हुन्छ भन्ने निश्चित गर्नु गा¥हो थियो । त्यसैले समर्थनको निम्ति जनतासित अपील गर्नु आवश्यक थियो । स्कूलबाहिर सम्पर्क राख्नु मेरा एक सहपाठी र मेरो जिम्माको काम थियो । हामीले पेइचिङ विश्वविद्यालय, पुरुष शिक्षक कलेज र अन्य विश्वविद्यालयहरूका विद्यार्थीसाथीहरूसामु आफ्नो मामिला राख्यौं । हाम्रो कुरा सुनेपछि, कतिपय प्रगतिशील विद्वानहरू र सामाजिक सङ्गठन, राजनैतिक पार्टी र सेनाका नेताहरूले हाम्रो पक्ष लिन थाले । चिनियाँ कम्युनिष्ट पार्टीको सहर कमिटीले गोप्य रुपले निर्देशन दिन भूमिगत सदस्यहरूलाई कलेज हाताभित्र पठायो । कलेजमा समाज–विज्ञान र महिला आन्दोलनको इतिहासबारे आफ्नो भाषणको लागि ख्याति–प्राप्त कामरेड लि ताचाओ (कामरेड लि ताचाओ पेइचिङ विश्वविद्यालयका प्राध्यापक र चिनियाँ कम्युनिष्ट पार्टीका एक संस्थापक हुनुहुन्थ्यो । अप्रिल २८,१९२७ मा उहाँले वीरगति प्राप्त गर्नुभयो ) ले हामीलाई सार्वजनिक समर्थन दिनुभयो । वास्तवमा, महिला शिक्षक कलेजबाट याङलाई हटाउने सङ्घर्षले सम्पूर्ण राजधानीलाई हल्लाएको थियो ।
त्यसबेला उत्तरी युद्ध–सरदारहरू सत्तासीन थिए । तिनीहरूअन्तर्गतको शिक्षा मन्त्रालयले सङ्घर्ष चर्केको देखेर विद्यार्थीहरूलाई दबाउने फैसला ग¥यो । सर्वप्रथम शिक्षा विभागका प्रमुख ल्यू पाइचाओ, याङलाई क्याम्समा भित्याउने आफ्ना पिट्ठूहरूको साथमा आयो र उसले विद्यार्थीहरूलाई घुँडा टेकाउन खोज्यो । विद्यार्थी सङ्घ त्यसको सामना गर्नका लागि तयार थियो । उनीहरूले ल्यू पाइचाओको चारैतिर जम्मा भई ऊसित बहस गरे र स्पष्ट रुपले के घोषणा गरे भने याङलाई नहटाएसम्म उनीहरूको सङ्घर्ष चल्नेछ । त्यसको जवाफमा ल्यूले धम्की र गाली दियो र अपमानित विद्यार्थीहरूले ऊ र उसका पिछलग्गुहरूलाई कलेजबाट धपाएर पठाए ।
एक जमात मामुली केटीहरूले त्यत्रो ‘असभ्य रुपले’ कारवाही गर्न सकेन । आखिरमा अधिकारीहरूले आफ्नो अन्तिम उपाय, अर्थात् सशस्त्र शक्तिको प्रयोगको सहारा लिनु प¥यो । अगस्त १ तारीखका दिन, उनीहरूले प्रहरीलाई कलेज घेर्न लगाए । त्यसदिन म स्कूलबाट पर थिएँ र भित्र पस्न सकिनँ । केही दिनपछि उनीहरूले घेरामा परेका विद्यार्थीहरूलाई भोकै मार्ने उद्देश्यले बिजुली, इन्धन र पानीको आपूर्ति बन्द गरे । त्यसबेला म उनीहरूलाई खानेकुरा र पानी पु¥याउने काममा पूरा व्यस्त थिएँ । आफ्ना केही सहपाठीहरूका साथमा मैले समर्थन जुटाउन विभिन्न अरु स्कूलहरूका विद्यार्थीहरू र सहरव्यापी विद्यार्थी सङ्घका कार्यालयहरूमा प्रचार गरेँ । उनीहरूबाट बटुलेको पैसाले हामी रोटी, बफाएको रोटी र टीनबन्दी खाना किन्थ्यौं र त्यसलाई टोकरीमा हालेर परखालबाट क्याम्पसभित्र फाल्थ्यौं । मुख्य प्रवेशद्वारका छेकबारहरूबाट पानी र अन्य पेय वस्तुहरू भित्र हु¥याउँथ्यौं । हामीले आफ्ना बन्दी सहपठीहरूलाई अडिग रहन प्रोत्साहित ग¥यांै यसरी उनीहरूले ज्यादै कठिन स्थितिमा आफ्नो ज्यान जोगाउन सके । जनताबाट सहानुभूति र समर्थनप्राप्त गर्नका लागि विद्यार्थी सङ्घको घोषणा प्रेसमा पठाउने काममा म व्यस्त थिएँ । आफू फेरि असफल भएको बुझेर प्रतिक्रियावादी अधिकारीहरूले अगस्त २० तारीखमा ठूलो सङ्ख्यामा प्रहरीहरू पठाए । प्रहरीहरूले क्याम्पसमा धावा बोलेर ४० भन्दा विद्यार्थीहरूलाई गिरफ्तार गरे । मुख्य प्रवेशद्वारमा दर्शकहरूको ठूलो भीड लाग्यो । उनीहरूले निःशस्त्र विद्यार्थीहरूमाथि हिंसात्मक दमन गरेकोमा उक्त प्रहरीहरूको कडा मत्सर्ना गरे । त्यसपछि चाँडै नै एक अधिकृत सूचनाद्वारा महिला शिक्षक कलेज खारेज गरेको घोषणा गरियो ।
तर सङ्घर्ष यतिमै बन्द भएन । मानिसहरूद्वारा अति कोमल ठानिएका युवा महिला विद्यार्थीहरूले आफ्नो शिर झुकाएनन्, बरु आफ्नो सङ्घर्षलाई जारी राखे । हाम्रो कलेजको पुनस्र्थापना गर्नु हाम्रो लक्ष्य थियो । फेरि एकपल्ट कलेज स्थापना गर्ने अभियानको नेतृत्व भूमिगत कम्युनिष्ट पार्टीले ग¥यो र लु शूनको निर्देशनमा त्यसको सञ्चालन गरियो । हामीले चुङ माओ गल्लीमा केही कोठाहरू भएको एउटा चोक बहालमा लियौं र त्यसलाई क्याम्पसको रुपमा प्रयोग ग¥यौं । हामीले ‘सरकारी’ शब्द नभएको उही कलेजको नाउँ भएको चिन्हपार्टी प्रवेशद्वारमा झुण्ड्यायौं । कलेजभित्र कार्य सञ्चालनको लागि लु शूनको नेतृत्वमा एउटा कलेज कमिटी गठन गरियो र त्यसमा विद्यार्थी र शिक्षकहरू थिए । स्वेच्छाको आधारमा हाम्रो बीचमा भाषण गर्न लगाउन हामीले लु शूनमार्फत पेकिङ्ग विश्वविद्यालय र पुरुष शिक्षक कलेजबाट केही प्राध्यापकहरूलाई निम्त्यायौं । अध्यापन कार्यक्रमको तर्जुमा गर्नको लागि भएका फेकल्टी सभाहरूमा लु शुनले अध्यक्षता गर्नुभयो । विद्यार्थी सङ्घले सामान्य प्रशासन चलाउने काम ग¥यो र हाम्रा समर्थकहरूबाट उठेको चन्दाले सामान्य खर्चको पूर्ति गरियो । विद्यार्थीहरूको आम गिरफ्तारीको एक महिनापछि सेप्टेम्बर २१ तारिखका दिन कलेज फेरि खोलियो । हुन त सबै विद्यार्थीहरूले भाग लिएनन्, तर पनि धेरैजना विभिन्न विभागमा आफ्ना पहिलेका क्लासहरूमा गए र पठन–पाठन सामान्य रुपमा चल्यो । महिला शिक्षक कलेज खारेज गरिसकेपछि, शिक्षा मन्त्रालयले कलेजको पहिलेकै ठाउँमा सरकारी महिला विश्वविद्यालय स्थापना ग¥यो र त्यसका केही भूतपूर्व विद्यार्थीहरूलाई सका¥यो । शिक्षा मन्त्रालयसित हाम्रो प्रतिद्वन्दिता चल्यो ।
हाम्रो आफ्नो कलेज ‘अवैधानिक’ थियो । सरकारले त्यसलाई स्वीकृति दिएको थिएन । त्यसैले कुनै पनि बेलामा खारेज हुने खतरा सँधैभरि थियो । तर हामीले विद्यार्थीहरूलाई भर्ना गर्दै गयौं र आफ्नो परिवारको विरोध र स्कूलसामुको खतरा हुँदाहुँदै पनि धेरैले प्रवेश परिक्षा दिए । नवआगन्तुकहरूको सङ्ख्या ३० भन्दा अलि बढी थियो तर यो कम मूल्याङ्कन गर्न सकिने तागत थिएन । सेप्टेम्बरसम्ममा, पेइचिङमा क्रान्तिको लहर नयाँ उच्चाइमा पुग्यो र ३० तारिखका दिन प्रतिक्रियावादी युद्ध सरदारहरूको सरकारको शिक्षा मन्त्री चाङ शिचाओले राजीनामा ग¥यो । आफ्नो कलेजको झन्डा माथि उठाएर, हाम्रो कलेजका सारा विद्यार्थीहरू पहिलेको क्याम्पसतर्फ लागे । हामीले पहिलेकै कलेजको नाउँ राख्यौं र यस पटक ‘सरकारी’ भन्ने शब्द फेरि कायम ग¥यौं र त्यसलाई चालु राख्यौं । फेरि एकपल्ट हामीले आफ्नै प्राध्यापक बन्न लि ताचाओलाई निमन्त्रणा ग¥यौं । अनि सो स्कूल पेइचिङमा महिला विद्यार्थीहरूको लागि अध्ययनको आदर्श स्थल बन्यो ।
हाम्रो जीत भयो र हाम्रो कलेजको इतिहासमा एक गौरवशाली पाना लेखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *