भर्खरै :

क्यालिफोनियाको डढेलो नियन्त्रण

लस एन्जेलस, १० मङ्सिर  ः क्यालिफोर्नियाको इतिहासमा नै अत्यन्त विनासकारी मानिएको डढेलो अन्ततः नियन्त्रणमा आएको छ । करिब दुई हप्तापछि अग्नि नियन्त्रकहरुको अथाह प्रयासबाट आइतबार डढेलो नियन्त्रणमा लिइएको अधिकारीहरुले जानकारी दिएका छन् ।
‘क्याम्प फायर’ का कारण गत नोभेम्बर ८ बाट शुरु भएको यो डढेलोबाट करिब ८७ व्यक्तिको मृत्यु भएको छ । डढेलो नियन्त्रणमा आएको भनिएता पनि अझै दुईसय ९६ व्यक्ति बेपत्ता छन् । यद्यपी गत शुक्रबार चारसय ७४ व्यक्ति बेपत्ता भएको बताइएको थियो ।
स्थानीय अधिकारीहरुका अनुसार यस डढेलोमा परी मारिएका व्यक्तिहरुमा ५४ जनाको मात्र परिचय खुलेको थियो । यस डढेलोबाट एक लाख ५३ हजार ३३६ एकड जमिन ध्वस्त भएको थियो । त्यसैगरी १४ हजार घर र सयौं अन्य संरचना ध्वस्त भएका छन् ।
क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले हाल आगलागी हुने प्रमुख कारणमा विश्वव्यापी रुपमा बढेको तापक्रम भएको चेतावनी दिनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता क्यालिफोर्नियाको डढेलोबाट प्रभावित क्षेत्रको भ्रमण गर्नुभएको थियो ।(रासस /एएफपी) 

Leave a Reply

Your email address will not be published. Required fields are marked *