भर्खरै :

सारस लुम्बिनीको नगरपन्छी घोषित

रुपन्देही, १० मङसिर  ः लोपोन्मुख सारसलाई बुद्ध जन्मस्थल लुम्बिनीको नगरपन्छी घोषणा गरिएको छ ।
लुम्बिनीमा आजदेखि शुरु भएको पन्छी महोत्सवका अवसरमा गौतम बुद्धको जीवनसँग जोडिएको सारसलाई नगरपन्छी घोषणा गरिएको हो । ‘शान्तिका लागि सारस संरक्षण’ भन्ने नारासहित लुम्बिनी विकास कोषले पहिलो पटक आयोजना गरेको महोत्सवमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले सारसलाई नगरपन्छी घोषणा गर्नुभएको हो ।
कार्यक्रममा सारस संरक्षणका लागि कार्यरत संस्था क्रेन फाउण्डेशन अमेरिकाका अध्यक्ष जर्ज आरचीबोल्डले लुम्बिनी सारसका लागि उत्तम बासस्थान भएकाले बासस्थानको संरक्षण जरुरी भएको बताउनुभयो । कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्तले शान्ति र प्रेमको प्रतिक सारस नेपालमै सबैभन्दा धेरै लुम्बिनीमा पाइने र यसको बासस्थान जोगाउन सबैले हातेमालो गर्न जरुरी रहेको बताउनुभयो ।
प्रदेश नं ५ प्रदेशसभा सदस्य फकरुद्धिन खानले पर्यावरण मानिसको जीवनसँग जोडिएको विषय भएकाले यसको दिगो विकास र संरक्षण जरुरी रहेको बताउनुभयो । महोत्सव अन्तर्गत आज चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा २० विद्यालयका ३५ जना विद्यार्थी सहभागी रहेकामा मेत्ता गुरुकुलका सुनिल हरिजन प्रथम, मधुवनी माविका राकेशकुमार रायदास द्धितिय र मेत्ता गुरुकुलका शिब सागर कोहार तृतीय भएका छन् ।
महोत्सवमा सारस संरक्षणमा योगदान पु¥याउने तीन स्थानीयवासीलाई सम्मान गरिएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका लम्किहवाका रामबकस लोध, विजयलक्ष्मी मिश्रा र महिलवारकी शोभावती पाललाई सम्मान गरीएको हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *