भर्खरै :

नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्र–२

१९४९, १५ सेप्टेम्बर
नेपालमा सामन्ती व्यवस्था र साम्राज्यवादी थिचोमिचोलाई पल्टाउने ऐतिहासिक श्रमिक वर्गको कार्यमा अग्रीम योद्धा (भेनगार्ड) को भूमिका निभाउनुपर्दछ । यद्यपि अहिले नेपालमा सङ्ख्यामा श्रमिक वर्ग कम भए तापनि दिनानुदिन राजनीतिक र सङ्ख्यात्मक दुवै रुपमा पुँजीवादी शोषण प्रक्रियासँगसँगै शक्तिशाली हुँदै गइरहेका छन् । सोभियत सङ्घको कम्युनिष्ट पार्टी (बोल्सेभिक) का कामरेड स्टालिनले भन्नुभएको छ –
“अबदेखि हाम्रो ध्यान त्यस्तो सामाजिक वर्गमा आधारित हुनुहुँदैन जुन अरु विकास हुनसक्दैन, यत्तिसम्म कि उसको हाल प्रभुत्व कायम छ, तर त्यस्तो वर्गप्रति हुनुपर्छ जो विकसित हुँदैछ र उनीहरूको अगाडि भविष्य छ, यद्यपि तिनीहरू वर्तमान अवस्थामा शक्तिशाली रुपमा छैनन् ।”
यस्तै नेपालका विकासशील वर्गसङ्घर्षको द्वन्द्वात्मक भौतिकवादी हेराइले नै क्रान्तिको लागि सही रणनीति निर्माण गर्नसक्छ तथा माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिनको अजय झण्डामुनी विजय प्राप्त गर्न सकिन्छ ।
हाम्रा सम्पूर्ण राम्रा उद्देश्यहरू प्राप्त गर्नको लागि मजदुर, किसान, सिपाहीं मेहनतकश जनता मध्यम वर्ग तथा तमाम प्रजातान्त्रिक दृष्टि राख्ने जनतालाई सामन्ती हुकुमी शासनविरुद्धको साझा मोर्चामा एकगठ हुन आह्वान गर्दछौं । हामीलाई विश्वास छ तल दिएका प्रजातान्त्रिक कार्यक्रमको आधारमा प्रजातान्त्रिक शक्तिहरूको ठोस एकता कायम हुनसक्दछ ।
१) सामन्ती हुकुमी शासन तथा विदेशी दमनलाई पूर्ण उन्मूलन गर्न र पूर्ण वास्तविक स्वतन्त्रता प्राप्त गर्न ।
२) मजदुर, मेहनतकश किसान तथा पीडित निम्न पुँजीपति वर्ग एङ्गलो–अमेरिकी साम्राज्यवादी तथा उसको भारतीय पिछलग्गुको सहयोग गर्ने विरोध गर्नेहरूको प्रतिनिधित्व भएको तथा संसारभरिका मुलुकहरूको स्वतन्त्रता र शान्तिको लागि काम गर्ने जनवादी राज्यसँग सम्बन्ध राख्ने जनवादी सरकार स्थापना गर्ने ।
३) संविधान बालिग मताधिकारको आधारमा स्वतन्त्रताको ग्यारेन्टी भएको, सर्वसाधारण मानिसको प्रजातन्त्र तथा मौलिक अधिकार सम्पन्न हुनेछ । कानुनद्वारा जात, वर्ग तथा समुदायले पाउने सुविधा र भेद उन्मूलन गर्ने तथा यसलाई उल्लङ्घन गरेमा कानुनद्वारा दण्ड गरिने व्यवस्था गरिने ।
४) भूमिपतित्व तथा सम्पूर्ण किसिमको सामन्ती शोषणलाई बिनामुआब्जा उन्मूलन गरिने तथा जमिन जोत्नेलाई भूमि वितरण गरिनेछ । शासकहरूको ऋण चुक्ता गरिदिने तथा बढी ब्याज उन्मूलन गरिनेछ । खेत मजदुरहरूलाई उचित ज्याला दिने ।
५) राज्यले विदेशीहरूको बैङ्क, उद्योग तथा यातायात, खेती, खानीहरू इत्यादिमा लगानी गरेको पुँजीको ब्याज जफत गर्ने र यिनीहरूलाई राष्ट्रियकरण गरिनेछ ।
६) ठूला उद्योगहरू र बीमा कम्पनीहरूलाई राष्ट्रियकरण कामदारहरूको नियन्त्रणलाई रक्षा गर्ने, न्यूनतम जीविका चल्ने ज्याला, कामको घण्टा आठ इत्यादि गरिनेछ ।
७) देशको स्रोतको विकासको लागि आर्थिक योजना तयार गरिनेछ तथा नीतिगत आर्थिक विन्दुबाट ठूला व्यापारलाई हटाइनेछ । निजी क्षेत्रका उद्योगको नाफामा नियन्त्रण गरिनेछ ।
८) दमनकारी व्यवस्थापिका विघटन गर्ने ।
९) जन समितिद्वारा निर्देशित, निर्वाचित अधिकारीहरूबाट नोकरशाही प्रशासन हटाइनेछ ।
१०) जनतालाई शस्त्र–अस्त्रले सुसजित गर्ने तथा जनसेनाको निर्माण गर्ने ।
११) निःशुल्क शिक्षा अधिकार दिने तथा प्राथमिक शिक्षा अनिवार्य गर्ने ।
१२) आइमाईलाई समान प्रजातान्त्रिक अधिकार दिने ।
प्रजातान्त्रिक मोर्चा तथा नेपाल कम्युनिष्ट पार्टीले विश्वासघाती राजनैतिक पार्टी तथा नेताहरूविरुद्ध दृढतापूर्ण सङ्घर्ष चलाउनेछ तथा यिनीहरूको भण्डाफोर गर्नेछ र जनताका गलत मित्रहरूलाई एक्लो पार्नेछ । विद्यमान गलत तत्वहरूसँग सङ्घर्ष गरेर भागभाग पारेपछि नेपाली जनसङ्घर्षमा वास्तविक क्रान्तिकारी उभार आउनेछ ।
नेपाली राष्ट्रिय काङ्ग्रेस (रेग्मी समूह र कोइराला समूह) तथाकथित् प्रजातान्त्रिक काङ्ग्रेसले नेपाली जनताको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्वार्थमाथि मात्र गद्दारी गरेका होइनन्, यिनीहरूले स्वेच्छाचारी नेपालका सामन्तहरूसँग भारतको नेहरूको प्रतिक्रियावादी पुँजीवादी सरकार र एङ्गलो–अमेरिकी युद्ध पिपासुहरूसँग साथै काम गर्ने घृणित नीति लिएका छन् । उनीहरूले सङ्गठन र भाषणहरूमा सोभियत सङ्घ, गौरवपूर्ण चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा भएको चिनियाँ जनताको विजय, मलाया, भियतनाम, श्याम (थाइल्याण्ड) तथा इन्डोनेसियाको विरोधमा विष वमन गरिएका छन् । उनीहरूका अनुसार महाराणाको घृणित सरकार नेपालका मेहनतकश जनताको साझा दुश्मन हैनन् । उनीहरूका अनुसार, साम्यवाद र साम्यवादीहरूले नेपालको खतराको मुख्यरुपमा प्रतिनिधित्व गर्दछन् तथा यिनीहरू कम्युनिष्टविरुद्ध महाराणाको खुसी हात समेत (पवित्र धर्म युद्ध’ मा समात्न तयार छन् । कम्युनिष्टविरुद्धयिनीहरूको ब्वाँसेपाराको घृणामा आफ्नो केही पनि मौंलिकता छैन । यो संसार भरिको जनताका दुश्मनको प्रसिद्ध र टाट पल्टेको नीति हो । कम्युनिष्टसँग सङ्घर्ष गर्ने घुम्टो ओढेर उनीहरू आफ्ना अपराधी खराब निहित स्वार्थ, रक्षार्थ शोषित जनताविरुद्ध सङ्घर्ष गर्दछन् ।
रेज्मी र कोइराला समूह प्रतिक्रिया र असन्तुष्ट राणाहरूप्रति झुकाव राख्ने पातलो तर बढिरहेको मध्यम वर्गको प्रतिनिधित्व गर्दछन्, उनीहरू स्वयं नै सामन्ती मालिकहरू हुन् जो मेहनतकश जनतालाई शोषणबाट मुक्त गर्न पटक्कै चाहँदैनन् । उनीहरू शक्तिमा पुग्न चाहन्छन् र जनताको रगत चुस्नको लागि उनीहरू जनताको जायज असन्तोषमाथि खेलबाड गर्दछन्, विरोधी देखिन्छन् र भिक्षूनायक अहिम्कस बन्दछन् । सधैंभरि उनीहरू क्रान्तिकारी शक्ति एकत्रित गर्ने तथा उक्साउन लाग्दछन् तर जब जनताको असन्तोषले सारा बाँध तोड्न लागेको हुन्छ । यी शाब्दिक बहादुरहरू नोक्सानरहित सत्याग्रह सुरु गर्दछन् र जब जनताले क्रान्तिकारी चरित्र प्राप्त गर्न सुरु गर्छन्, यिनीहरू धोखापूर्ण तरिकाले सङ्घर्ष गरिरहेका जनताको पछिल्तिरबाट सङ्घर्ष बन्द गर्दछन् तथा हालै गरिएको जस्तै गरी महाराणासँग रहस्यपूर्ण सम्झौता गर्दछन् ।
कम्युनिष्टहरूको मेहनती जनता सम्झौताहीन सङ्घर्षको आभियान चलाउने भएकोले यो षड्यन्त्रकारीहरू स्वभावैले सम्पूर्ण शक्ति कम्युनिष्टहरूको विरुद्ध लगाउँछन् । आफ्नो यो विश्वासघात शोषित तथा उपयोग गरिएका वर्गहरूको अगाडि लुकाउन लागि यिनीहरूले ‘तेस्रो बाटो’ को झूटा नारा दिएका छन् तर कुनै तेस्रो बाटो छैन प्रस्ट दुई खेमामा बाटिएको –एङ्गलो–अमेरिकी एकाधिकार पुँजीवादीहरूले नेतृत्व गरेको खेमा र समाज्यवादी खेमा, सोभियत सङ्घ र अन्तर्राष्ट्रिय मजदुर वर्गले नेतृत्व गरेको खेमाबाहिक संसारमा ‘मार्गको बीच’ को नीति कही छैन । प्रत्येकले यिनै दुईटा खेमामा वा दुई बाटामा एक छान्नुपर्दछ । तेस्रो बाटोको, कराई धोखापूर्ण अनुहार लुकाउन ‘अतिक्रियावादी’ हरूसँग भएको संलग्नतालाई लुकाउन लिइएको राजनैतिक चालबाजीमात्र हो । नेहरूको ‘तेस्रो बाटो’ यस प्वाइन्टको निन्दित प्रमाण हो ।
नेहरूले ‘तेस्रो बाटो’ सुरु गरेर र केही महिनाभित्रै उनी एङ्गलो–अमेरिकाली युद्ध पिपासुले नेतृत्व गरेको खेमा, साम्राज्यवादी, बुर्जुवाजी–सामन्तीहरूको संयुक्त खेमामा प्रवेश गरे । यो नै तेस्रो बाटोको अवश्यम्भावी मञ्जिल हो । यो एउटा अन्तर्राष्ट्रिय सोसियल डेमोक्रेसीको फोहोर झण्डा हो–मजदुर वर्गलाई धोखा दिने झण्डा हो ।
हाम्रो नेपालका प्रजातान्त्रिक जनतालाई यो झूटा मित्रहरू, यो झूटा प्रजातन्त्रवादीहरूसँग होसियार हुन तथा जनतन्त्र प्राप्तिको लागि सम्झौताहीन सङ्घर्षलाई अगाडि बढाउन, सोभियत सङ्घले नेतृत्व गरेको विरोधी खेमाप्रति हामीले लिएको अडानको पक्ष लिन अह्वान गर्दछौँ ।
शोषित दलित वर्गका दाजुभाइ दिदी बहिनीहरू !
हाम्रो पवित्र मातृभूमिलाई विश्वमा सङ्घर्ष गरिरहेका जनताका नेता सोभियत सङ्घविरुद्धमा साम्राज्यवादी युद्धको आधारमा परिणत गर्न गरिएको अपराधी योजनालाई पराजित गर्न दृढतापूर्वक सङ्घर्ष चलाउनु होस् । मेहनतकश नेपाली जनता आफ्नै वर्गीय भाइको विरुद्ध हतियार कहिल्यै उठाउने छैनन् ।
विदेशमा साम्राज्यवादी डाँकुहरूको लागि रगत बगाउन इन्कार गर्नुहोस् । किन नेपाली गरीब जनताले अरु देशका गरीब जनताको शोषण गर्ने साम्राज्यवादी उपनिवेश बनाउनेहरूलाई सहयोग गर्ने ? किन गरीब नेपाली जनताले एङ्गलो–अमेरिकी साम्राज्यवादीहरू जसले हाम्रो देश, हाम्रा जनतालाई दमन गरिरहेका छन् लाई बलियो बनाउन किन बलिदान हुने ? बर्मा, मलाया तथा अरु दक्षिणपूर्व एसियाका देशहरूको मुक्ति सङ्घर्षविरुद्ध लड्न इन्कार गर्नुस्, यी देशका जनता उही मागको लागि लडिरहेका छन्, उही शोषक वर्गको विरुद्ध लडिरहेका छन्, जसरी नेपाली जनताले यहाँ गरिरहेका छन् । थिचिनेसँग हैन थिच्नेसँग लड्न सङ्कल्प गर्नोस् । राइफल आफ्नै भाइको विरुद्ध हैन जनताका साझा दुश्मनको विरुद्ध फर्काउनुस् । भाइहरूसँग लड्दा आफ्नै गुलामी घृणित महाराणा तथा उनका अधिकारीको आज्ञामा देशभित्र आफ्नै जनतालाई दबाउन दृढतापूर्वक इन्कार गर्नुस् । महाराणा र उनका नजिकका शासक वर्गले तपाईंको अधिकार तपाईंको हातबाट दबाइरहेका छन्, तपाईं र तपाईंका कुटुम्बलाई भोकको कानुनमा फालेका छन् तथा त्यसपछि यही विवस गरिबीबाट फाइदा उठाई तपाईंलाई आफ्नो भाग्य जोगाउन सशस्त्र नोकर बनाएका छन्, विदेशी साम्राज्यवादीको हातमा मालसामानजस्तै बेचिरहेका छन् । तपाईंको सेनाको जीवन अविरल अपमानजनक छन् । कामिरहेका तपाईंका आफ्नै भाइ बहिनीमाथि गोली चलाउन इन्कार गर्नुस् तपाईंका सङ्गीनहरू दमनकारी शासकपट्टि फर्काउनुस्, तपाईंका सङ्घर्षरत जनतासँग साझा बाटो तयार गर्नुस्, यो नै मुक्तिको बाटो हो, इज्जतपूर्ण जीवन हो ।
नेपालका मजदुर वर्ग ! तपाईंहरूले १९४७ को मार्चमा भएको प्रथम हड्तालमा आफ्नो–अन्तर्राष्ट्रिय सर्वहारा वर्गको एकताको झण्डा विरोधमा दृढतापूर्वक उठाइसक्नुभएको छ । यद्यपि तपाईंहरूको वर्ग दुश्मनहरूविरुद्धको प्रथम अनियमित लडाइँलाई निकालिएका राणा तथा भारतीय समाजवादी नेताहरूद्वारा पृष्ठपोषण गरिएका काङ्ग्रेसका नेताहरूले धोका दिए तैपनि यो देशव्यापी हुन पुग्यो ।
गद्धार काङ्ग्रेसले औपचारिक रुपमा हड्ताल बन्द गर्ने घोषणा गरे तापनि विभिन्न विभागका सरकारी कर्मचारीहरूले ज्याला तथा राम्रो काम गर्ने वातावरणको लागि राजधानीमा हड्ताल गरे । अब तपाईंहरू आफ्नो सङ्घर्षलाई संयुक्त शक्तिबाट अगाडि बढाउन, विभिन्न जिल्लाबाट प्रतिनिधित्व भएको स्वतन्त्र टे«ड युनियन सङ्गठन, सङ्गठित गर्नुस्, आफ्ना तत्कालीन मुख्य मागहरू कामको आठ घण्टा, बाँच्न पुग्ने ज्याला, राम्रो काम गर्ने वातावरण, नोकरीको सुरक्षा, वृद्धा अवस्थाको लागि पेन्सन, केटाकेटीको लागि निःशुल्क शिक्षा कामदारहरूको लागि पूर्ण ट्रेड युनियनका अधिकारको वहाली गर्नको लागि आफ्नो शक्ति परिचालित गर्नुस् ।
मजदुर साथीहरू ! हाम्रो शक्ति एकता, सङ्गठन तथा सङ्घर्र्षमा हुन्छ । नयाँ नेपालको निर्माण तथा जनवादी तरीकाको जीवनको लागि लालझण्डाको नेतृत्वमा नयाँ युद्ध उठाउनुस् ।
मेहनतकश नेपाली किसानहरू ! तपाईंहरूको मुक्ति वर्तमान सामन्ती व्यवस्थाविरुद्ध सम्झौताहीन सङ्घर्षबाट सम्भव छ । तपाईंहरू नेपालमा अत्यधिक बहुमतमा हुनुहुन्छ । बहादुर मजदुर वर्ग यस सङ्घर्षको अग्रीम पङ्क्तिमा रहनेछन् तथा नेपाल भारत, पाकिस्तान र सारा विश्वका प्रजातान्त्रिक शक्तिहरू तपाईंहरूका साथ रहनेछन् । तपाईंहरूको आफ्नै देशव्यापी रुपका स्वतन्त्र जनसङ्गठनबाट लालझण्डाको नेतृत्वमा निम्न माग प्राप्तिको लागि निर्णायक सङ्घर्ष उठाउनु होस् ।
१) जोत्नेको जमिन,
२) बाँझो जमिन खेतीहर मजदुरमा वितरण,
३) अवैध जबरजस्ती तिरो तथा श्रमको उन्मूलन,
४) तुरुन्त त्रिभाग (ट्यावेज) लागू गर्ने,
५) खेतीहर मजदुरको लागि बाँच्न लायक ज्याला,
६) पूर्ण नागरिक स्वतन्त्रता
नेपाली विद्यार्थी तथा प्रजातान्त्रिक युवाहरू !
प्रथम राष्ट्रिय सङ्घर्षमा तपाईंहरूले गौरवपूर्ण भूमिका खेल्नुभयो । अमूल्य रगत बगाउनुभयो । अविस्मरणीय युवा सहिद गङ्गालालले तपाईंहरू धेरैलाई नयाँ युद्ध तथा नयाँ बलिदानको लागि प्ररेणा दिएका छन् । १९३० का एकजना बहादुर खड्गमान अझै नल र साँग्लोमा बेरिएर जेलमा सडिरहेका छन् । दैनिक रुपमा खारिंदै गएको युद्धबाट परम्परालाई अरुमाथि पु¥याउन आज समयको आह्वान छ । आजसम्म सङ्घर्षशील जनसङ्गठनको अभावमा नै गद्धारहरू र अवसरवादीहरूले तपाईंलाई मझदारमा खसाल्न सफल भएका छन् । तसर्थ तलका माग प्राप्तिको सङ्घर्षको लागि स्वतन्त्र, मिलिटेण्ट, प्रजातान्त्रिक, नवसङ्गठन अगाडि बढाउनुस् ः–
१. सम्पूर्ण जनताको लागि पूर्ण जनतान्त्रिक अधिकारको बहाली,
२. जनतान्त्रिक शिक्षा व्यवस्था निःशुल्क तथा अनिवार्य प्राथमिक शिक्षा सस्तो उच्च शिक्षा,
३. पूर्ण शैक्षिक अधिकार,
४. वास्तविक स्वतन्त्र, प्रजातन्त्र तथा शान्तिको लागि नेपाली मेहनतकश महिलाहरू
हामी तपाईंहरूको बढिरहेको सङ्घर्ष र मिलिटेन्सीप्रति नतमस्तक छौँ । विराटनगर जुट र कटन मिलको मजदुर महिलाहरूले १९४७ मार्चमा पुरुष सहकर्मीहरूसँग काँधमा काँध मिलाएर लडे । यसै वर्ष काठमाडौंका सडकहरूमा राजनैतिक नारा लगाउँदै महाराणाका शसस्त्र आतङ्गलाई पराजित गर्दै नारीहरूले मार्च गरे । जनस्तरमा बढिरहेको कारणले गर्दा भयभित राणा सरकार जनताको हातमा नगरपालिकाको प्रशासन दिन बाध्य भयो तर चुनावमा नारीहरूको मतदानको अधिकार ठगियो । नेपालका कामदार आईमाईहरूले यसलाई त्यसै छोडिदिन अस्वीकार गरे । उनीहरूको प्रतिनिधिमण्डल प्रधानमन्त्रीकहाँ गयो । यसले तपाईंहरूको आफ्नो अधिकारको लागि लड्ने र जित्ने दृढता देखाउँछ । तीव्र दमन सामाजिक, आर्थिक तथा राजनैतिकरुपमा लड्न महिला सङ्घ सङ्गठितको विरुद्ध गरोस् । निम्न मागहरूलाई उठाउनोस् तथा सम्झौता दिन सङ्घर्ष बढाउनुस् ः–
१. समान कामको लागि समान तलब,
२. सम्पूर्ण राष्ट्रिय जीवनका कामहरूमा गर्ने अधिकार,
३. प्रसूति सुविधा तथा बालकको जीवनको सुरक्षा,
४. निःशुल्क शिक्षा,
५. विदेशी साम्राज्यवादी सैन्यबाट लोग्ने र छोराहरूको फिर्ति ।
६. स्वतन्त्र जनवादी नेपाल !
नेपाल कम्युनिष्ट पार्टी श्रमिक जनताको विकासोन्मुख सङ्घर्षमा भाग लिन सङ्गठन गर्न तथा नेतृत्व गर्न सर्मातर्ती छ तथा विजय प्राप्त गर्नेछ । आतङ्ग झूटा प्रचारले यो बाटोमा रोक्नसक्ने अरु बुर्जुवा तथा पेटिबुर्जुवा पार्टीहरूले जनसङ्घर्षलाई हिजो धोखादिइसकेका छन् तथा भविष्यमा पनि यस्तै गर्नेछन् तर नेपाल कम्युनिष्ट पार्टी – नेपाली श्रमिक जनताको पार्टी– माक्र्सवादी लेनिनवादी पार्टी जनता सँगसँगै रहनेछ वास्तविक स्वतन्त्रता र जनवादी प्रजातन्त्र प्राप्त गर्नको लागि अग्रीम पङ्क्तिमा रहेर सङ्घर्ष अगाडि बढाउनेछ । कम्युनिष्ट पार्टी जनतालाई दमन गर्नेहरूसँग लड्ने प्रथम पार्टी हो । यसकारण हामी मेहनतकश जनता भूमिहीन तथा गरिब किसानका असल छोराछोरीलाई जनवादी विद्यार्थीहरू, युवाहरू तथा महिलाहरूलाई नेपाल कम्युनिष्ट पार्टीको सङ्घर्षमा सामेल हुन आह्वान गर्दछौं किनभने शक्तिशाली कम्युनिष्ट पार्टीले मात्र जनवादी शक्तिहरूको नेतृत्व गर्नसक्छ । एसियाली देशहरूका कम्युनिष्ट पार्टीहरूको जस्तै नेपालमा पनि कम्युनिष्ट पार्टीको स्थान विदेशी पे्ररणा तथा सहयोगबाट भएको देखिन्छ । दोस्रो विश्वयुद्धको साथसाथै नेपालमा पनि कम्युनिष्ट विचारधाराको प्रवेश भयो । १९४० को आसपास नै नेपालमा गंगालाल श्रेष्ठले कम्युनिष्ट साहित्य पढ्न सुरु गरेका थिए तथा कम्युनिष्ट साहित्यबाट नै उनमा प्रभाव पारेको थियो । नेपालमा त्यतिखेर साम्यवादी साहित्य पाइँदैनथियो । उनी भारतबाट प्रकाशित हुने साम्यवादी साहित्य लुकिछिपी पढ्थे । उनी पक्राउ पर्दा यी साहित्य तत्कालीन राणा सरकारले खानतलासी गरिलिएको थियो । १९४० पछि भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरू भारतीय कम्युनिष्ट पार्टीको सदस्य भएका थिए । मनमोहन अधिकारी ले १९४० मा नै भारतीय कम्युनिष्ट पार्टीको सदस्यता पाइसकेका थिए । त्यसको साथै नेपालका भारतमा अध्ययन गर्ने विद्यार्थीहरू कम्युनिष्ट विचारधारमा भारतीय कम्युनिष्ट पार्टीबाट प्रभावमा आएको देखिन्छ ।
नेपाल कम्युनिष्ट पार्टीको गठन हुनुभन्दा पहिला कलकत्तामा वामपन्थीहरूले ‘स्टडी सेन्टर खोलेका थिए । यसै माध्यमबाट साम्यवादी साहित्यको अध्ययन सुरु गरे । कलकत्तामा अध्ययनरत वामपन्थी विचार राख्न प्रायः यसका सदस्य थिए । १९४७ मा भारत स्वतन्त्र भएपछि यिनै भारतबाट प्रभावित नेपाल कम्युनिष्टहरूले नेपालमा आन्दोलन उठाउनको लागि सक्रिय भूमिका सुरु गरे । यिनिहरूले नेपालमा किसान तथा मजदुरहरूबीच आन्दोलन तथा हड्ताल उठाउन सुरु गरे । १९४७ भन्दा अघिबाटै पूर्वी नेपालका केही भागहरूमा तिरो नतिर्ने अभियान चलाएका थिए तथा १९४७ मा विराटनगरको हड्तालमा सक्रिय भए तर यो कुनै सङ्गठनको माध्यम नभएर व्यक्तगतरुपमा उठाइएको थियो । यिनीहरू अधिकांश नेपाली प्रजातान्त्रिक काङ्ग्रेससँग असन्तुष्ट युवाहरू नै थिए ।
स्वतन्त्ररुपमा काम गरिएका कम्युनिष्टहरूले कम्युनिष्ट शैली र कार्यनीतिअन्तर्गत कार्य गर्नको लागि सङ्गठनको आवश्यकता विस्तारै महशुश गरी भारतीय मित्रहरूसँग सम्बन्ध कायम गरे । उता भारतीय कम्युनिष्ट पार्टी पनि यी युवाहरूलाई आफूसँग काम गराउन प्रयत्नशील थिए । जसले गर्दा उनीहरूले पनि सम्पर्क बढाए जसको कारण २२ मे १९४९ मा भारतीय कम्युनिष्ट रत्नलाल शर्माकहाँ यस सङ्गठनको स्थापनाको सम्बन्धमा भेटघाट भयो तथा नेपाल कम्युनिष्ट पार्टीको लागि आवश्यक कुराहरू तर्जुमा गरियो ।
त्यो नै नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको लागि औपचारिक प्रथम बैठक भयो । यसैपछि नेपाल कम्युनिष्ट पार्टीको स्थापनाको सहयोगको लागि कलकत्तामा भारतीय कम्युनिष्ट पार्टी बङ्गाल शाखासँग सम्बन्ध कायम गरी यसैको सहयोगबाट १५ सेप्टेम्बर १९४९ मा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको घोषणा ओपचारिकरुपमा गरियो । त्यसको साथै १५ सेप्टेम्बरलाई पार्टीको जन्म दिवस मान्ने कुरा तत्कालीन पार्टी मुखपत्रमा प्रकाशित भयो । यस अवस्थामा खालि ४ जना निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायण बिलास र पुष्पलाल थिए । दुर्गा देवीलाई बोलाइएको थियो तर उनी सो दिन पुग्न सकिनन् । त्यहाँ यसले ४ जनाको उपस्थिति थियो कि ५ जनाको भन्नेमा विवाद छ । त्यस अवस्थामा बढीले भाग लिन नसक्नुमा भारतीय कम्युनिष्ट पार्टीभित्र रणदिप तथा अन्यबीच सुरु भएको झगडा नै मुख्य रहेको छ ।
स्रोत ः नौलो साहित्य, २०३८
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *