भर्खरै :

प्रेमसागरले गरे, १५६औँ पटक रक्तदान

काठमाडौँ, १८ मङ्सिर : नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले १५६औँ पटक रक्तदान गर्नुभएको छ ।
परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीका लागि आज उहाँले रक्तदान गर्नुभएको हो । सो अवसरमा अस्पतालका निर्देशक डा जागेश्वर गौतमले रक्तदानको निरन्तरताका लागि रक्तदाता कर्माचार्यलाई बधाई दिँदै रक्तदानका लागि समाजमा अझै जनचेतनाको आवश्यकता रहेको छ भन्नुभयो ।
अस्पतालका रक्तसञ्चार सेवा विभागका प्रमुख पर्शुराम दाहालले रगतको सहज आपूर्तिका लागि अध्यक्ष कर्माचार्यको योगदान महत्वपूर्ण रहेको आएको जानकारी दिनुभयो । अध्यक्ष कर्माचार्यले आफूले हरेक तीन महीनाको अन्तरालमा रक्तदान गर्दै आएको बताउनुहुन्छ ।  (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *