भर्खरै :

आठ भन्सारमा शून्य निर्यात

काठमाडौं, १८ मंसिर । चालू आर्थिक वर्षको चार महिनामा देशभरका आठ भन्सार कार्यालयबाट कुनै पनि मालवस्तु निर्यात नभएको पाइएको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको विवरणअनुसार ती भन्सारबाट कुनै पनि मालवस्तु निर्यात हुन नसकेको हो । विभागका अनुसार जलेश्वर, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर, सिराहा, राजविराज र अर्को एक भन्सारबाट कुनै पनि मालवस्तु निर्यात हुन सकेको छैन । हाल देशभर २० भन्सार कार्यालय सञ्चालनमा छन् ।
चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट सबैभन्दा बढी निर्यात भएको छ ।
विमानस्थल भन्सारबाट रु. आठ अर्ब ७९ करोड ८५ लाख ८५ हजार बराबरको निर्यात भएको छ । यस्तै विराटनगर भन्सार कार्यालयको हिस्सा २७ दशमलव ५८ प्रतिशत छ । उक्त भन्सार कार्यालयबाट रु. आठ अर्ब सात करोड ६५ हजार बराबरको मालवस्तु निर्यात भएको छ । पूर्वाञ्चल क्षेत्रबाट विशेषगरी चिया, अलैंची तथा अन्य कृषिउपज विदेश निर्यात भएको हो ।
वीरगञ्ज
भन्सारबाट १७ दशमलव ७६ प्रतिशत बराबरको मालवस्तु निर्यात भएको छ । कूल रु. पाँच अर्ब २० करोड छ लाख ३९ हजार बराबरको सामान निर्यात भएको छ ।
पछिल्लो चार महिनामा नेपालमा रु. चार खर्ब ८३ अर्ब ७५ करोड ७८ लाख ३२ हजार बराबरको आयात भएको छ । विभागका अनुसार सो अवधिमा रु. २९ अर्ब २८ करोड १७ लाख ७० हजार बराबरको मात्रै निर्यात भएको छ । आयातको कूल हिस्सामध्ये वीरगञ्ज भन्सार अग्रस्थानमा छ । सो भन्सारबाट रु. एक खर्ब ६६ अर्ब चार करोड ६० लाख ९८ हजार बराबरको आयात भएको छ ।
दोस्रो स्थानमा रहेको भैरहवा भन्सारबाट रु. ८२ अर्ब ८४ करोड ८८ हजार ५०० बराबरको आयात भएको छ । यो कूल आयातको १६ दशमलव ९७ प्रतिशत हो । सबैभन्दा कम राजविराज भन्सारबाट रु. २१ करोड ९३ हजार १०० बराबरको आयात भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *