वरिष्ठ अधिवक्ताहरूको बहस नोटतर्फ एक नजर
- मंसिर २६, २०८१
काठमाडौँ, २२ मङ्सिर ः अन्तर्राष्ट्रिय जलरङ महोत्सवअन्तर्गत लुम्बिनीमा भएको प्रतियोगितात्मक स्थलगत चित्रकला कार्यशालामा सहभागी भएका चित्रकारमध्ये उत्कृष्ट चित्र कोर्ने १० जनालाई सम्मान गरिएको छ ।
बबरमहलस्थित नेपाल कला परिषद्मा आज आयोजित कार्यक्रममा उहाँहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो । उत्कृष्ट चित्र कोर्नेमा भारतका दुई, मङ्गोलियाका एक र नेपालका सात चित्रकार छन् । उक्त चित्रकला कार्यशालामा विभिन्न आठ देशका ४० भन्दा बढी चित्रकारको सहभागिता थियो ।
सम्मानित हुनेमा नेपालका मनोज तामाङ, महेन्द्र राई, डिराम पाल्पाली, सुरेश स्याङ्तान, डिवी राई, लालकाजी लामा र जीवन पौडेल, मङ्गोलियाका मुक्खु गुगु तथा भारतका प्रशान्त कटुवा र अमलेस मजुमदार छन् ।
कार्यक्रममा चित्रकार बाबु साइलालाई युवा प्रोत्साहन सम्मान प्रदान गरिएको अन्तर्राष्ट्रिय जनरङ समाज नेपालका महासचिव दीपेन्द्रमान बनेपालीले जानकारी दिनुभयो ।
चित्रकारले प्रतियोगितात्मक चित्रकलामा लुम्बिनीको मायादेवी मन्दिर र आसपासका चित्र बनाएका थिए । कार्यक्रमका निर्णायक अन्तर्राष्ट्रिय जलरङ समाजका विश्व अध्यक्ष अतानुर डोगानले सहभागी सबैका चित्र उत्कृष्ट नै रहेको प्रतिक्रिया दिनुभयो ।
प्रतियोगितात्मक चित्रकला कार्यशालाको निर्णायकमा डोगानसहित अन्तर्राष्ट्रिय जलरङ समाज भारतका देशीय प्रमुख अमित कपुर र नेपालका अध्यक्ष एनवी गुरुङ हुनुहुन्थ्यो ।
यसअघि विभिन्न देशका चित्रकारले पाटन दरबार क्षेत्रका दृष्य चित्रमा उतारेक थिए । महोत्सवअन्तर्गत काठमाडौँको नेपाल कला परिषद्मा ३८ देशका २७० चित्र प्रदर्शनमा राखिएको छ । महोत्सवका अवसरमा भएका विभिन्न कार्यशालामा चित्रकारले १०० भन्दाबढी दृष्य चित्रमा उतारेका छन् । (रासस)
Leave a Reply