भर्खरै :

सरकारी पार्टीको झण्डामा कर्मचारीबाटै अनियमितता

काठमाडौँ उपत्यकालगायत देशको मुख्य सहरमा भूमाफिया र कर्मचारीको मिलेमतोमा राज्यको नीति तथा नियमविपरीत काम भइरहेको समाचार पुरानो हो । मंसिर २५ गतेको कान्तिपुर दैनिकमा समाचार प्रकाशित भयो–“जग्गा कारोबारी, मालपोत र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा राज्यको नीतिविपरीत जग्गा कित्ताकाट भइरहेको छ । कलङ्की र ललितपुर मालपोत कार्यालयमा जग्गा कित्ताकाटको अध्ययन गर्दा कर्मचारीले बद्नियत राखी काम गरेको टोलीले भेटाएको थियो । मुलुकभर विकृति मौलाएको छ । जग्गा कारोबारी हावी भएको छ ।”
काठमाडौँ र देशका केही सहरमा मात्र विकास केन्द्रित गरिएकोले भूमाफियाहरु पनि ती ठाउँमा केन्द्रित छन् । सरकारी कर्मचारीसँगको मिलेमतोमा भूमाफियाहरुले पर्ती जग्गा, खोला किनारा, तालको किनारा, वन क्षेत्रसमेत दर्ता गरी गराई किनबेच गर्दैछन् ।
भक्तपुर जिल्ला साबिक दुवाकोट गाविस वडा नं. ८ (ख) कित्ता नम्वर ४७ को जग्गाको फिल्डबुकमा जग्गाधनीको नाम र थर महलमा पर्ति उल्लेख छ तर मालपोत कार्यालय भक्तपुरका तत्कालीन कर्मचारीले आफ्नो नाममा दर्ता गरी पुर्जा बनाई बिक्री गरे । हाल उक्त जग्गामा ११ भन्दा बढी कित्ता गरिएको छ । ती कित्ता जग्गा किन्नेमा राज्यको उच्चपदस्थ कर्मचारीदेखि सर्वसाधारण जनतासमेत छन् । यो यथार्थ सार्वजनिक भएपछि स्थानीयवासी १७३ जनाले सो जग्गा साविकबमोजिम पर्ती कायम गर्न उजुरी दिएर सङ्घर्ष गर्दैछन् । बोडेको कमलपोखरी पनि भूमाफियाहरूले यसरी नै कित्ताबाट गरी किनबेच गर्दैछन् । झौखेलको कमलपोखरी पनि यसरी नै कित्ताकाट गरी किनबेच गरियो । झौखेलमा सार्वजनिक जग्गामै घर उठाउनेहरू छन् । नगरकोटमा पनि कतिपय होटल र रेष्टुराँले सार्वजनिक जग्गा कब्जा गरेका छन् । यी सबै घटनामा कर्मचारीहरूको संलग्नता छन् ।
निजामती कर्मचारी टे«ड युनियनमा एमालेको ४४ प्रतिशत र माओवादीको १४ प्रतिशत रहेको बताइन्छ । कतिपय कर्मचारीहरू एमाले, माओवादी र नेपाली काङ्ग्रेसको नेताजस्तै हिंड्छन् । यसकारण भूमाफियाहरूले सार्वजनिक जग्गा, पोखरी, पर्ती जग्गा मालपोतमा दर्ता गरी गराई किनबेच गरेकोमा एमाले, माओवादी र नेकां नै दोषी छन् । प्रधानमन्त्री केपी ओलीले मंसिर २३ गते अन्तर्राष्ट्रिय भ्रष्टाचारविरोधी दिवसमा सम्बोधन गर्दै भने,“हामी यहाँ उपस्थित सबैले भ्रष्टाचार नगरेमा भ्रष्टाचार आधा घट्नेछ ।” यसको अर्थ अख्तियारले आयोजना गरेको भ्रष्टाचारविरोधी दिवसमा पनि भ्रष्टाचारीहरूकै जमघट पुष्टी ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *