भर्खरै :

एकै रङ्गको विद्यालय–पोशाक कपडा ठेकेदारको पक्षमा

काठमाडाँै, २५ मंसिर । एकै थरी पोशाकको बन्दोबस्त गर्ने प्रदेश नं ५ र काठमाडाँै महानगरपालिकाको निर्णयको नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले आपत्ति जनाएको छ । मङ्गलबार सङ्घका केन्द्रीय अध्यक्ष सविन ख्याजूले वक्तव्य जारी गरी सङ्घले त्यस्तो निर्णयप्रति विरोध जनाएको छ । सङ्घले जारी गरेको वक्तव्यको पूर्ण विवरण प्रस्तुत छ –
काठमाडाँै महानगरपालिका र प्रदेश ५ सरकारले सामुदायिक र निजी विद्यालयमा एउटै प्रकारको पोसाक लागू गर्ने तयारी गरेका छन् ।
यसले सुरक्षाको दृष्टिले प्रहरीलाई अपराध नियन्त्रण गर्न असहज हुने यो तयारी मूर्खतापूर्ण हुनेछ । समाजमा विविधता हुँदा चिनारीमा सहजता आउँछ । पोसाकमा एकरुपताले विद्यार्थीहरूको सांस्कृतिक र सामाजिक विविधतामा असर पु¥याउनेछ ।
एकै खालको पोसाकको व्यवस्थाले ठेकेदारहरूको सिन्डिकेट लागू हुनेछ । भ्रष्टाचार र कमिसन दुरुत्साहित हुनेछ । ठेकेदारहरूको प्रभुत्वका कारण शिक्षा क्षेत्र भताभुङ्ग हुनेछ । स्थानीय व्यवसायीलाई ठूला कम्पनीहरूले विस्थापन गर्ने सम्भावना प्रचुर रहन्छ । यो योजना ल्याउनेहरू समाजलाई झन् जटिल बनाउन उद्यत रहेको पुष्टि हुन्छ ।
कम्युनिष्ट सरकारले शिक्षा पूर्णरुपले निःशुल्क र अनिवार्य गर्नुका साथै उत्पादन श्रमसँग जोडिएको पद्धति लागू गर्नुपर्दछ । विद्यार्थीहरूको निम्ति पोसाकलगायत पुस्तक एवं अन्य पाठ्यसामग्रीहरू निःशुल्क उपलब्ध गराउनुपर्दछ ।
झण्डै दुईतिहाइ स्थान जितेको कम्युनिष्ट दाबी गरेको वर्तमान सरकारले समाजवादउन्मुख संविधान कार्यान्वयन नगरी शिक्षा निजीकरण नै गर्नु कामदार जनताप्रति विश्वासघात हो । यो कम्युनिष्टलाई विश्वास गरेका जनताको भावनामा फोहोर फाल्ने सरकारको काम हो । नेक्राविसङ्घ पुँजीवादी शिक्षा नीति खारेजीको माग गर्दछ । व्यक्तित्व विकासमा समान अवसरको प्रावधान लागू गर्न माग गर्दछ ।
पोसाकमा विविधता उत्तम, बुद्धिमानी र व्यवहारिक हुने हाम्रो ठहर हो । ठेकेदारहरूको चक्रव्युहबाट तीनवटै तहका सरकार सचेत हुन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *