भर्खरै :

केयूकेएललाई केही प्रश्न

एल.पी.
– खानेपानी वितरणमा असमान किन भइरहेको छ ? कुनै ठाउँमा २४ सै घण्टा खानेपानी आउने कहीं हप्ताको १ घण्टा पनि किन पानी आउने गर्दैन ?
– खानेपानीको लाइन जोड्ने कार्य पनि कसैको रातारात हुने त कहींकोे महिनौं कार्यालय धाउँदा पनि किन हुने गर्दैन ?
– स्थानीय जनताले बारम्बार फुटेको पाइप मर्मतको लागि आग्रह गर्दा पनि समयमा मर्मत नगर्नु पछाडिको कारण के ?
– पानी चुहावट नियन्त्रणमा केयूकेएलले के पहल गरिरहेको छ ? चुहावटको क्षतिपूर्ति गर्न लिमिटेडले के योजना बनाएको छ ?
– सडक डिभिजन र खानेपानीबीच समन्वय हुन नसक्नुको कारण के हो ?
– भर्खर पीच गरेको सडक पनि रातारात बिगारेर खानेपानीको पाइप जडान गरिनुमा कसको हात छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *