भर्खरै :

भैरवनाथ मन्दिर जीर्णोद्धारसम्बन्धी बैठक

भक्तपुर, २६ मंसिर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भैरवनाथ मन्दिर जीर्णोद्धार निर्देशक समितिको बैठक बुधबार बस्यो ।
भैरवनाथ मन्दिर जीर्णोद्धार उपभोक्ता समितिको गठन २०७४ साल फागुन १३ गते भएको थियो । उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेलेले प्रसिद्ध भैरवनाथ मन्दिर जीर्णाेद्धार उपभोक्ता समितिमार्फत हालसम्म गरेका कार्य प्रगतिबारे जानकारी दिनुभयो । मन्दिर पुनःनिर्माणको अनुमानित लागत रू. एक करोड ४६ लाख ३६ हजार ७४५ रुपैयाँ १३ पैसा रहेको छ ।
बैठकले मन्दिर जीर्णोद्धारको क्रममा मन्दिरमा रहेका पुरातात्विक सामग्रीहरूको विस्तृत अभिलेखीकरण कार्यका लागि सदस्य सचिवमा रामगोविन्द श्रेष्ठको संयोजकत्वमा नगरपालिकाको सम्पदा शाखा, पुरातत्व विभाग, गुठी संस्थान र ख्वप इञ्जिनियरिङ कलेजका प्राविधिकहरू सम्मिलित समिति गठन गरी कार्य प्रारम्भ गर्ने निर्णय गरेको छ ।
मन्दिर जीर्णोद्धारको क्रममा सहृदयतापूर्वक आफूखुसी (स्वेच्छिक) आर्थिक सहयोग सामग्री सहयोग तथा दान दातव्य दिन चाहनेहरूको सहयोग सड्ढलन गरी जम्मा गर्न भक्तपुर नपाको तर्फबाट नेपाल बैड्ढ लि. कमलविनायक शाखामा खाता खोल्ने र उक्त खाता सञ्चालनको लागि नगरपालिका लेखा शाखाका रामसुन्दर सुजखू र भैरवनाथ मन्दिर जीर्णोद्धार उपभोक्ता समितिका अध्यक्ष न्हुछेराम भेले र कोषाध्यक्ष पुरूषोत्तम तमखूमध्ये एकजनाको हस्ताक्षर प्रयोग गर्ने निर्णय गरेको छ ।
मन्दिर जीर्णोद्धारको समयावधिमा आवश्यक सुरक्षा प्रबन्धको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय, भक्तपुरमार्फत सुरक्षा निकाय परिचालन गर्ने र मन्दिर जीर्णोद्धारको क्रममा आवश्यक काठ खरिदको लागि नपामार्फत टिम्बर कर्पोरेसन नेपालमा प्रक्रिया अगाडि बढाउने निर्णय बैठकले गरेको छ ।
मन्दिर जीर्णोद्धार कार्य सहजतापूर्वक अघि बढाउन टौमढी क्षेत्रमा सवारी साधन पार्किङ तथा आवतजावत निषेध गर्ने र त्यस विषयमा थप छलफलको लागि सरोकारवाला पक्षहरूबीच बैठक गर्ने निर्णय पनि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *