भर्खरै :

ख्वप बास्केटकल प्रतियोगिता सुरु

भक्तपुर, २७ मंसिर । ख्वप बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
भक्तपुर, काभ्रेपलाञ्चोक, काठमाडौँ र ललितपुरका विद्यालय तथा कलेज तहका विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगिता ख्वप कलेजका प्राचार्य रुपक जोशीले उद्घाटन गर्नुभएको थियो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज र शारदा क्याम्पसको वार्षिकोत्सवको अवसरमा आयोजित बास्केटबल प्रतियोगिता तेस्रो पटक भइरहेको छ ।
प्रतियोगिता कक्षा ८ देखि १० सम्मका छात्र÷छात्रा, कक्षा ११ र १२ का छात्र÷छात्रा र स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुबीच भइरहेको छ ।
प्रतियोगितातर्फ कक्षा ८ देखि १० सम्मको छात्र प्रतियोगितामा एभरेष्ट स्कूल, गुरुकुल, न्यातापोल सेकेण्डरी स्कूल, ओम ज्ञान मन्दिर, सैनिक आवासीय विद्यालय, नेपाल प्रहरी आवासीय विद्यालय र जनप्रेमी विद्यालयको सहभागिता रहेको छ ।
कक्षा ८ देखि १० सम्मको छात्रा प्रतियोगितामा एभरेष्ट स्कूल, नेपाल तारा स्कूल, गुरुकुल, सुप्रिम मावि, निस्ट बनेपा र जनप्रेमी विद्यालयको सहभागिता रहेको छ ।
कक्षा ११ र १२ को छात्र प्रतियोगितामा ख्वप माध्यमिक विद्यालय, सी बर्ड विद्यालय, चाणक्य मावि, नेपाल प्रहरी विद्यालय, निकल्सन मावि, मोर्डन मावि, सैनिक विद्यालय र जनप्रेमी विद्यालयका सहभागिता रहेको छ ।
कक्षा ११ र १२ को छात्रा प्रतियोगितामा सैनिक आवासीय विद्यालय, सिबर्ड विद्यालय, ख्वप माध्यमिक विद्यालय र काठमाडौं वल्र्ड स्कूलको सहभागिता रहेको छ ।
कलेज तहको प्रतियोगितामा भक्तपुर बहुमुखी क्याम्पस, ख्वप कलेज, बेलर कलेज, काठमाडौं स्कूल अफ ल, ख्वप कलेज अफ इन्जिनियरिङ र अक्सफोर्ड कलेजको सहभागिता रहेको छ ।
लिग चरणमा भइरहेको उक्त प्रतियोगिताअन्तर्गत बिहीबार कक्षा ११ र १२ छात्र, कलेज तह र कक्षा ८ देखि १० सम्मको छात्र प्रतियोगिताका खेलहरु सुरु भयो ।
बिहीबारको खेलमा कक्षा ११ र १२ छात्र प्रतियोगितामा नेपाल प्रहरी आवासीय विद्यालय र निकल्सन विद्यालय विजयी भए ।
कलेज तहको प्रतियोगितामा भक्तपुर बहुमुखी क्याम्पस र अक्सब्रिज कलेज विजयी भए ।
त्यस्तै कक्षा ८ देखि १० सम्मको छात्र प्रतियोगितामा सैनिक विद्यालय र एभरेष्ट स्कूल विजयी भए ।
ख्वप कलेज परिसरभित्र भइरहेको उक्त प्रतियोगिता पुस २ गतेसम्म सञ्चालन हुने प्रतियोगिता संयोजक एवं ख्वप माविका उपप्राचार्य लक्ष्मीप्रसाद कर्माचारीले जानकारी दिनुभयो । भक्तपुर, २७ मंसिर । ख्वप बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
भक्तपुर, काभ्रेपलाञ्चोक, काठमाडौँ र ललितपुरका विद्यालय तथा कलेज तहका विद्यार्थीहरुको सहभागिता रहेको उक्त प्रतियोगिता ख्वप कलेजका प्राचार्य रुपक जोशीले उद्घाटन गर्नुभएको थियो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालय, ख्वप कलेज र शारदा क्याम्पसको वार्षिकोत्सवको अवसरमा आयोजित बास्केटबल प्रतियोगिता तेस्रो पटक भइरहेको छ ।
प्रतियोगिता कक्षा ८ देखि १० सम्मका छात्र÷छात्रा, कक्षा ११ र १२ का छात्र÷छात्रा र स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुबीच भइरहेको छ ।
प्रतियोगितातर्फ कक्षा ८ देखि १० सम्मको छात्र प्रतियोगितामा एभरेष्ट स्कूल, गुरुकुल, न्यातापोल सेकेण्डरी स्कूल, ओम ज्ञान मन्दिर, सैनिक आवासीय विद्यालय, नेपाल प्रहरी आवासीय विद्यालय र जनप्रेमी विद्यालयको सहभागिता रहेको छ ।
कक्षा ८ देखि १० सम्मको छात्रा प्रतियोगितामा एभरेष्ट स्कूल, नेपाल तारा स्कूल, गुरुकुल, सुप्रिम मावि, निस्ट बनेपा र जनप्रेमी विद्यालयको सहभागिता रहेको छ ।
कक्षा ११ र १२ को छात्र प्रतियोगितामा ख्वप माध्यमिक विद्यालय, सी बर्ड विद्यालय, चाणक्य मावि, नेपाल प्रहरी विद्यालय, निकल्सन मावि, मोर्डन मावि, सैनिक विद्यालय र जनप्रेमी विद्यालयका सहभागिता रहेको छ ।
कक्षा ११ र १२ को छात्रा प्रतियोगितामा सैनिक आवासीय विद्यालय, सिबर्ड विद्यालय, ख्वप माध्यमिक विद्यालय र काठमाडौं वल्र्ड स्कूलको सहभागिता रहेको छ ।
कलेज तहको प्रतियोगितामा भक्तपुर बहुमुखी क्याम्पस, ख्वप कलेज, बेलर कलेज, काठमाडौं स्कूल अफ ल, ख्वप कलेज अफ इन्जिनियरिङ र अक्सफोर्ड कलेजको सहभागिता रहेको छ ।
लिग चरणमा भइरहेको उक्त प्रतियोगिताअन्तर्गत बिहीबार कक्षा ११ र १२ छात्र, कलेज तह र कक्षा ८ देखि १० सम्मको छात्र प्रतियोगिताका खेलहरु सुरु भयो ।
बिहीबारको खेलमा कक्षा ११ र १२ छात्र प्रतियोगितामा नेपाल प्रहरी आवासीय विद्यालय र निकल्सन विद्यालय विजयी भए ।
कलेज तहको प्रतियोगितामा भक्तपुर बहुमुखी क्याम्पस र अक्सब्रिज कलेज विजयी भए ।
त्यस्तै कक्षा ८ देखि १० सम्मको छात्र प्रतियोगितामा सैनिक विद्यालय र एभरेष्ट स्कूल विजयी भए ।
ख्वप कलेज परिसरभित्र भइरहेको उक्त प्रतियोगिता पुस २ गतेसम्म सञ्चालन हुने प्रतियोगिता संयोजक एवं ख्वप माविका उपप्राचार्य लक्ष्मीप्रसाद कर्माचारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *