भर्खरै :

भक्तपुरका दुई घरमा आगलागी

भक्तपुर, २८ मङ्सिर  ः आज भक्तपुरको दुई घरमा आगलागी हुँदा रु २२ लाख ५७ हजार मूल्य बराबरका धनमाल क्षति भएको छ ।
सूर्यविनायक नगरपालिका–५ कटुञ्जे सुशीला भैरवस्थित रमेशनाथ ढुङ्गेलको तीनतले कच्ची घरमा आज अचानक करेन्ट सर्ट भई आगलागी हुँदा रु २१ लाख मूल्य बराबरका धनमाल क्षति भएको छ । आगलागीबाट नगद, गरगहना, स्कुटर, कम्प्युटर, टेलिभिजन, मोबाइल, घरायसी फर्निचर, फ्रिज, लत्ताकपडा तथा भाँडालगायतका सामान जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।
प्रहरी, स्थानीयवासी, भक्तपुर र काठमाडौँको एक एक गरी दुई बटा दमकलको सहयोगमा तीन घण्टा लगाएर आगो नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी आजै चाँगुनारायण नगरपालिका–२ दुवाकोट फोक्सिनटारस्थित चन्द्रिका बुढाथोकीको दुईतले पक्की घरको पहिलो तलाको पश्चिमपट्टिको एउटा कोठामा अचानक आगलागी हुँदा फर्निचर, लत्ताकपडा, टेलिभिजनलगायतका सामान जलेर नष्ट हुँदा रु एक लाख सात हजार मूल्य बराबरका क्षति भएको उहाँले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *