भर्खरै :

विपक्षीमाथि भएको आक्रमणको राष्ट्रसंघद्वारा निन्दा

जेनेभा, २८ मङ्सिर  ः संयुक्त राष्ट्रसंघको अधिकार प्रमुखले लोकतान्त्रिक गणतन्त्र कङ्गोमा विपक्षीमाथि सरकारी सुरक्षाकर्मीहरूले गरेको आक्रमणको शुक्रबार निन्दा गर्नु भएको छ ।
निर्वाचनको पुर्वसन्ध्यामा विपक्षीले निकालेको प्रदर्शनमा सुरक्षाकर्मीले हस्तक्षेप गरेपछि कंगोमा राजनीतिक विवाद बढ्दो छ ।
“विपक्षीले निकालेको ¥यालीमा सरकारी पक्षले सुरक्षाकर्मीको प्रयोग गरेको घटनाले मलाई चिन्तित बनाएको छ,” राष्ट्रसङ्घको मानवअधिकार उच्च आयुक्त मिसेल बाचेलेटले वक्तव्यमा भन्नुभएको छ ।
उहाँले अभिव्यक्ति स्वतन्त्रता र शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारको पुर्ण सम्मान गर्न पनि सरोकारवालाहरुलाई आह्वान गर्नुभएको छ ।
यस्ता हस्तक्षेपले निष्पक्ष र विश्वसनीय निर्वाचनमा असर पर्नेतर्फ पनि उच्च आयुक्त मिसेलले ध्यानाकर्षण गराउनु भएको छ ।
सरकारी पक्षको हस्तक्षेपकै कारण राजनीतिक विवाद बढ्दै गएकाले आउँदो डिसेम्बर २३ तारिखमा मतदान गर्नेगरी तय भएको निर्वाचन नै अफ्ठ््यारोमा परेको विश्लेषण गरिएको छ ।
विपक्षीहरूले गरेको प्रदर्शनमा बिहीबार प्रहरीले हस्तक्षेप गरेर गोली प्रहार गर्दा एक किशोरको मृत्यु भएको थियो ।
यसअघि गत हप्ता पनि विपक्षी समर्थकले गरेको एक कार्यक्रममा गोली प्रहार हँुदा पाँच जनाको मृत्यु भएको थियो ।
विपक्षी तर्फका उम्मेदवार मार्टिन फायुलुको स्वागतका क्रममा पूर्वी दक्षिणी क्षेत्रमा आयोजित एक कार्यक्रममा भेला भएकाहरुमाथि गोली प्रहार भएको थियो ।
एकपछि अर्को आक्रमण र हिंसाका घटना बढ्दै गएपछि देश भित्र र बाहिरबाट कङ्गोको सरकारको चर्को आलोचना भइरहेको छ । (रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *