भर्खरै :

कौडा खेल्ने नौ जना पक्राउ

कावासोती, मङ्सिर २९  ः कौडा खेलिरहेको अवस्थामा प्रहरीले नवलपरासी पूर्व मध्यविन्दु नगरपालिका–४ मदनपुरबाट नौ जनालाई गए राति पक्राउ गरेको छ ।
उनीहरुलाई हरि महतोले सञ्चालन गरेको माछा पोखरीको माछाको दान राख्ने छाप्रोमा कौडा खेलिरहेको अवस्थामा रु एक लाख ३३ हजार ४२० नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । कौडा खेल्ने स्थानबाट १६ थान कौडा, कौडा खेल्ने काठको बोर्ड दुई थानसमेत बरामद गरिएको उहा“ले बताउनुभयो ।
कौडा खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा कावासोती नगरपालिका–१६ का ३८ वर्षीय अर्जुन गिरी, ४३ वर्षीय नेत्रबहादुर महतो, २० वर्षीय एनिस गिरी, मध्यविन्दु नगरपालिका–३ का ४३ वर्षीय तीलकराम महतो, बर्दघाट नगरपालिका–४ का ४० वर्षीय दीपक भण्डारी, बर्दघाट–१४ का ३५ वर्षीय छविलाल शर्मा, १५ का २८ वर्षीय लालबहादुर तामाङ, चितवनका ३५ वर्षीय श्यामबहादुर श्रेष्ठ र लमजुङ घर भई चितवनको भरतपुर महानगरपालिका–११ बस्ने २४ वर्षीय कविता गुरुङ रहेका छन् ।
पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *