भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विशाल प्रदर्शन
- कार्तिक १६, २०८३
घाना, १२ डिसेम्बर । भारतीय स्वतन्त्रता आन्दोलनका नेता महात्मा गान्धी जातिवादी नेता भएको भन्दै अफ्रिकी देश घानामा रहेको उनको सालिक निकालिएको छ ।
विद्यार्थी र प्राध्यापकहरूको विरोधपछि घानाको राजधानी आक्रास्थित घाना विश्वविद्यालयको प्राङ्गणमा रहेको गान्धीको सालिक हटाइएको हो ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीले दुई वर्षअघि भारत र घानाको मैत्री सम्बन्धको प्रतीकका रुपमा सो सालिक अनावरण गरेका थिए ।
तर विश्वविद्यालयका प्राध्यापकहरूले लगातार त्यसको विरोध गर्दै आएका थिए । उनीहरूले काला अफ्रिकीभन्दा भारतीयहरू ‘निकै अब्बल’ भएको गान्धीको भनाइलाई उद्धृत गर्दै गान्धीको सालिक स्थापनाप्रति आपत्ति जनाउँदै आएका थिए । उनीहरूले अफ्रिकी काला वर्णका जनतालाई गान्धीले जातिवादी गाली ‘काफिर’ प्रयोग गरेको बताएका छन् ।
विश्वविद्यालयअन्तर्गत साहित्य, भाषा र नाटक अफ्रिकी अध्ययन विभागका प्रमुख ओबादेले कामबोनले सालिक हटाउने काम आत्मसम्मानको विषय भएको बताए ।
“हामीले आफ्ना नायकहरूलाई सम्मान नगरे हामीलाई संसारमा कसले सम्मान गर्ला र ? यो काम भनेको काला जातिको आत्मसम्मान र प्रतिष्ठाको विषय हो ।”, उनले अघि भने ।
सोही विद्यालयका विद्यार्थी अडेलादे ट्वीमले आफू र आफ्ना साथीहरू सो कदमबाट निकै उत्साहित भएको भन्दै यो कदमसँग भारत र घानाबीचको कूटनीतिक सम्बन्धसँग कुनै लिनुदिनु नभएको बताए ।
विश्वविद्यालय प्रशासनले भने सो घटनाको सम्बन्धमा कुनै टिप्पणी गर्न चाहेको छैन । घानाको परराष्ट्र मन्त्रालयका एक जना अधिकारीले यो विश्वविद्यालयको आन्तरिक मामिला भएको बताए ।
“यदि हामीले आफ्नो आत्मसम्मानलाई ध्यान दिने हो भने हामीले हाम्रा नायकको प्रशंसा गर्न जरुरी छ । हामीलाई अपमान गर्नेको हामीले किन सम्मान गर्ने ?”,उनले भने ।
Leave a Reply