नेपाल–भारत सम्बन्धमा देखापरेका गलत समझदारी र सही समाधानका उपायहरू – ५
- कार्तिक १६, २०८३
भक्तपुर, २९ मंसिर । अर्पण बचत तथा ऋण सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा उद्घाटन मन्तव्य राख्नुहुँदै नगर प्रमुख प्रजापतिले श्रमलाई माया गर्ने तथा श्रमिकलाई सम्मान गर्ने नयाँ पुस्ता तयार गर्ने कार्यक्रमहरू सहकारीले सञ्चालन गर्नुपर्छ भन्नुभयो ।
‘‘व्यक्तिगत हितभन्दा सामूहिक हितमै आफ्नो हित देख्ने स्वभाव विकास गर्ने पक्षमा सहकारीले जोड दिनुपर्छ’’, उहाँले भन्नभुयो ।
सहकारी सदस्यका परिवारलाई सहुलियत ऋण दिनुका साथै विभिन्न विषयमा निश्चित विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था सहकारीले गर्नसके सहकारीप्रति विश्वास बढ्ने बताउनुहुँदै उहाँले भन्नुभयो, ‘‘महिला र युवालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन सहकारी युग सुहाउँदो तालिमहरू सञ्चालन गर्नु आवश्यक छ ।’’
नगर प्रमुख प्रजापतिले अरूको सहयोगमा रमाउनुभन्दा दुःख गरेर जिउने भावना विकास गराउन सके समाज अगाडि बढ्ने विचार राख्नुभयो ।
भक्तपुर नगरपालिकाले उच्च स्वास्थ्य सेवा उपलब्ध हुने स्थानको रूपमा विकास गर्ने सोचकासाथ जनप्रतिनिधिहरूले कार्य गरिररहेको उहाँले बताउनुभयो ।
संस्थाका अध्यक्ष माइलाबाबु द्योलाको सभापतित्वमा भएको कार्यक्रममा सिद्धि स्मृति प्रतिस्थानका अध्यक्ष श्यामसुन्दर धौभडेल, भक्तपुर जिल्ला बचतका हरि बल्ल तथा विभिन्न मित्र सहकारीका प्रतिनिधिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
Leave a Reply