तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, २९ मंसिर । नेपाल क्रान्तिकारी मजदुर सङ्घको केन्द्रीय समितिको बैठक शनिबार सम्पन्न भयो ।
बैठकमा समसामयिक विषयमा प्रशिक्षण दिनुहुँदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले समाजमा वर्ग रहेसम्म वर्गसङ्घर्ष जारी रहने बताउनुभयो ।
कामदार वर्गको पक्षमा हुने सङ्घर्षलाई जारी राख्नुपर्ने आवश्यकता औल्याउनुहुँदै उहाँले भन्नुभयो, ‘‘पुँजीवादका खराब पक्षबारे जनतालाई सुसूचित गर्दै समाजवाद र साम्यवादबारे जनतालाई सचेत पार्न कार्यकर्ताहरू धैर्यतापूर्वक लाग्नुपर्छ । कार्यकर्ताहरूले जनताको बीचमा गएर काम गर्नुपर्ने भएकोले काम गर्ने र सङ्गठन गर्ने तौरतरिकाबारे सिक्नु आवश्यक छ ।’’
नेकपा व्यवहारमा पुँजीवादी सावित भएको प्रस्ट्याउनुहुँदै उहाँले पुँजीवादी पार्टीका नेता–कार्यकर्ताहरू जनताको सेवाभन्दा ठेक्कापट्टाको माध्यमबाट काठमाडौँमा महल बनाउने, विलासी गाडी किन्नेजस्ता काममा केन्द्रित रहेको बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सृजना सैंजूले ‘अतिरिक्त मूल्यको सिद्धान्त’बारे प्रशिक्षण दिनुहुँदै अतिरिक्त मूल्यको उत्पादन नै पुँजीपतिहरूको नाफा र मजदुर शोषणको मुख्य स्रोत रहेको प्रस्ट पार्नुभयो ।
सङ्घका अध्यक्ष राजेन्द्र चवालको अध्यक्षतामा भएको सो बैठकमा श्रम ऐन, न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषबारे छलफल भएको थियो । विद्यमान श्रम ऐनमा षड्यन्त्रपूर्वक स्थायी–अस्थायीको अवधारणा नै हटाएर ‘हायर एण्ड फायर रूल’ अनुसार मजदुरहरूलाई जुनसुकै बेला पनि निकाल्न सक्ने प्रावधान पुँजीपतिहरूको पक्षमा रहेको छ । कार्यालय समयमा हडताल गर्न नपाइने भनेर मजदुरहरूको आधारभूत अधिकार छिनेको बैठकले ठहर गरेको छ ।
बैठकले ऐन नियममा रहेका मजदुर हक अधिकारबारे जनचेतना अभियान चलाउने र मजदुरविरोधी प्रावधानहरू खारेज गराउन सङ्घर्ष गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले अध्यक्ष राजेन्द्र चवालको नेतृत्वमा पाँच सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।
बैठकले चैत १ देखि ४ गतेसम्म हुने नेमकिपाको सातौँ महाधिवेशनलाई भव्यतापूर्वक सम्पन्न गर्न प्रचारमा सङ्गठनलाई सक्रियतापूर्वक परिचालन गर्ने, पुस महिनाभरि सर्वहारा वर्गका नेता स्तालिन र माओ त्सेतुङको जन्म दिवस विभिन्न तहका समितिहरूमा विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।
Leave a Reply