नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
– युवराज पाण्डे
खस्यौली, १ पुस ः तत्कालीन अङ्ग्रेज साम्राज्यलाई परास्त गरेकाले ऐतिहासिक सम्पदा मानिएको बुटवलको जितगढी किल्लालाई यस क्षेत्रकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न लागिएको छ ।
बुटवल उपमहानगरपालिकाले सो किल्लाको विशेष गुरुयोजना बनाएर काम अगाडि बढाइरहेको छ । उपमहानगरपालिकाले यहाँ नेपालकै ठूलो राष्ट्रिय झण्डा र कर्णेल उजिरसिंह थापाको पूर्ण कदको शालिक राख्ने भएको छ । नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएर विजय प्राप्त गरेको ऐतिहासिक स्थल जितगढीको महत्वलाई उजागर गर्दै पर्यटकीयस्थलका रुपमा विकास गर्ने उद्देश्यले उपमहानगरपालिकाले नौ नौ फिट उचाइको तामाको पूर्णकदको शालिक र झण्डा बनाएर राख्न लागिएको हो ।
अहिले उजिरसिंहको उत्तरतर्फ फर्केको अर्धकदको सानो शालिक छ । अब दक्षिणतर्फ फर्केको पूर्ण कदको शालिक बन्नेछ । सोही शालिकको छेउमा विशाल राष्ट्रिय झण्डा फरफराइने छ । दुवै संरचना बनाउन रु ४४ लाख ५२ हजार ६८१ मा ठेक्का सम्झौता भएको छ । नगर प्रमुख शिवराज सुवेदीले जितगढीलाई राष्ट्रियताको प्रतीक, बुटवलको ऐतिहासिक धरोहर र पहिचानका रुपमा विकास गर्न लागिएको बताउनुभयो ।
उहाँले सो किल्ला क्षेत्रको संरक्षण र सम्वद्र्धनका काममा स्थानीय समुदायको सहयोग र सदभाव आवश्यक रहेको औँल्याउनुभयो । शालिक र राष्ट्रिय झण्डाको टावर बनाउन निर्माण कम्पनी हेभेन कन्स्ट्रक्सन प्रालिसँग उपमहानगरले ठेक्का सम्झौतासमेत गरिसकेको छ । दुवै संरचना दुई महीनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।
शालिक राख्न जमीनमाथि साढे दुई मिटर अग्लो र त्यसमाथि २५.७६ वर्ग मिटर उचाइको बेसमेन्ट बन्ने छ । त्यस्तै झण्डा राख्न २५ वर्ग मिटर उचाइको बेसमेन्ट बनाइने इञ्जिनीयर धर्मराज ढकालले जानकारी दिनुभयो । बेसमेन्टमाथि नेपालको राष्ट्रिय झण्डा ४२ फिटको उचाइमा फहराउने छ । शालिकको बेसमेन्टको बाहिरी भाग जितगढी किल्लामा रहेका पुराना इँटाको आवरण जस्तै देखिने गरी बनाइनेछ । झण्डाको माथिल्लो टावर स्टिलबाट र भुइँको बेसमेन्ट कङ्क्रिटबाट बन्नेछ ।
जितगढी किल्लाको बेग्लै ऐतिहासिक र पर्यटकीय महत्व भएकाले यसको संरक्षण, सम्वद्र्धन र विकासका लागि अघिल्लो आर्थिक वर्ष रु ५० लाख बजेट छट्याएर काम थालेको र यसपटक रु एक करोड बजेट विनियोजन गरी गुरुयोजना बनाइरहेको नगरप्रमुख सुवेदीले बताउनुभयो ।
जितगढीको छुट्टै गुरुयोजना निर्माण गरेर जितगढी युद्ध सङ्ग्रहालय, सूचना केन्द्र, पुरानो बुटवल (वडा नं १)लाई प्राचीन बजार र पुरातात्विक स्थलका रुपमा विकास गर्ने, जितगढीलाई मणिमुकुन्द सेन र नुवाकोट गढीसम्म जोड्ने योजना रहेको प्रमुख सुवेदीले बताउनुभयो । उजिरसिंहको पूर्णकदको शालिक स्थापना र नेपालकै ठूलो राष्ट्रिय झण्डा फहराउन थालेपछि जितगढी किल्लाको मुहार फेरिने र आकर्षक पर्यटकीय स्थलका रुपमा विकास हुने उपमहानगरको विश्वास छ ।
विसं १८७२ वैशाख ७ गते जितगढीमा अङ्ग्रेज–नेपाल युद्धका क्रममा नेपाली सेनाले विजय प्राप्त गरेको २०३ वर्ष पुगेका अवसरमा गत वर्षदेखि उपमहानगरले जितगढी विजय उत्सव दिवससमेत मनाउन थालेको थियो । हालसम्म उचित संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेकामा उजिरसिंहको पूर्ण कदको शालिक र नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएपछि अब जितगढीले मुहार फेर्ने आशा जागेको स्थानीयवासी रवीन्द्रगोपाल लाकौलको भनाइ छ ।
वडा नंं १ का अध्यक्ष महेन्द्र लिगल श्रेष्ठले किल्ला क्षेत्र अतिक्रमण गरेर बनेका घर र अन्य संरचनालाई उचित मुआब्जा दिएर हटाइने बताउनुभयो । जितगढीको सामरिक महत्वबारे बेलायत सरकारसँग समन्वय गरी बेलायती नागरिकलाई नेपाल भ्रमणका अवसरमा जितगढी किल्लासम्म ल्याउन पहल गरिने पनि उपमहानगरपालिकाको योजना छ । जितगढीको विकासका लागि प्रदेश सरकारले रु एक करोड ५० लाख र सङ्घीय सरकारले रु ५० लाख बजेट विनियोजन गरेका छन् । (रासस)
Leave a Reply