वासिङटन र तेहरानबिचको आपसी सम्झौता सार्वजनिक
- असार ४, २०८३
ओट्टावा, २१ डिसेम्बर । साइबर हमलाको लागि चीनविरूद्ध क्यानाडाका मिडियाले लगाएको आरोप र अतिरञ्जनापूर्ण समाचारको क्यानाडास्थित चिनियाँ राजदूतावासले खण्डन गरेको छ । त्यस्ता समाचारले जनताबीच भ्रम छर्ने दूतावासले जारी गरेको उल्लेख छ । क्यानाडाको मिडियाअनुसार संरा अमेरिकी सरकारी निकायले दुई जना चिनियाँ नागरिकमाथि ‘साइबर चोरी’ को आरोप लगाएको छ ।
क्यानाडाका समाचार स्रोतले क्यानाडामाथि पनि चिनियाँ पक्षबाट हमला भइरहेको दोषारोपण गरिएको छ । राज्य नियन्त्रित साइबर हमला रोक्न चीनलाई क्यानाडाले गरेको आग्रहको चिनियाँ पक्षबाट उल्लङ्घन भएको र क्यानाडाका निजी क्षेत्रको स्वामित्वमा रहेका प्रविधिको चोरी गरेको उसले आरोप लगाएको छ । “चीनले कहिल्यै पनि क्यानाडाविरूद्ध राज्यको सहयोगमा साइबर हमला गरेको छैन । त्यसकारण त्यस्ता घटना रोक्न भन्नुको कुनै अर्थ छैन । कसैले कुनै काम नै गरेकै छैन भने उसलाई त्यो काम रोक भन्नुको कुनै तुक छैन ।”, दूतावासको वक्तव्यमा भनिएको छ । साइबर सुरक्षाको विषयमा चीन र क्यानाडाबीच कुनै पनि सरकारले बौद्धिक चोरी हुने र गोप्य व्यापारिक जानकारी प्रसार हुने साइबर चोरी गर्ने छैन वा आफूलाई थाहा भएको त्यस्तो क्रियाकलाप हुन दिने छैन ।
Leave a Reply