भर्खरै :

श्रीलङ्कामा बाढीका कारण ६० हजार प्रभावित

कोलम्बो, ९ पुस (रासस/सिन्ह्वा) ः श्रीलङ्कामा आएको अधिक बर्षा र बाढीका कारण ६० हजार भन्दा बढी प्रभावित भएका छन् ।
देशको उत्तरी क्षेत्रमा बर्षापछि आएको बाढीले धेरैलाई विस्थापित समेत गराएको प्रकोप व्यवस्थापन केन्द्रका अधिकारीहरुले सोमबार जनाएका छन् ।
प्रभावित मध्ये ११ हजार जनालाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको छ भने अरुलाई पनि खोजी तथा उद्धार गरिएको अधिकारीहरुको भनाई छ ।
सोमबार बर्षा रोकिएपछि मौसमी अवस्था सामान्य भएको छ । तर स्थानीयबासिन्दा भने फेरि बर्षा हुनसक्ने र बाढी आउने डरले प्रभावित क्षेत्रमा बस्न मानेका छैनन् ।
बाढीले सवैभन्दा धेरै मुल्लाइतीभु, किल्लीनोच्ची, मान्नार, भाभुनिया र जफ्नामा असर पारेको समाचारमा जनाइएको छ ।
खोजी तथा उद्धारमा खटिएका अधिकारीहरुले अहिले सम्म कुनै मानवीय क्षति तथा घाइते भएको खबर नआएको बताएका छन् ।
राष्ट्रपति मैत्रीपाला सिरिसेनाको निर्देशनपछि सेना तथा प्रहरीलाई उद्धार तथा राहत वितरणका लागि घटनास्थलमा खटाइएको छ ।
प्रभावितहरुलाई पर्याप्त राहत तथा सहयोग प्रदान गर्न कुनै कन्जुस्याई नगर्न पनि राष्ट्रपति सिरिसेनाले निर्देशन दिनुभएको छ ।
प्रकोप व्यवस्थापन अधिकारीहरूले भने बाढीका कारण भौतीक संरचनामा भएको क्षतिको विवरण संकलन भइरहेकाले विवरण सङ्कलन भएपछि उनीहरूलाई दिने राहत तथा क्षतिपूर्तीको व्यवस्था गरिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *