भर्खरै :

आगलागीबाट दुई करोडौँको क्षति

काठमाडौँ, १४ पुस : काठमाडाँैको गोकर्णेश्वर नगरपालिका–४ स्थित भगवती उलन कारखानामा आगलागी हुँदा करीब रु दुई करोड बराबरको क्षति भएको छ ।
कारखानाको ऊन पेल्ने यन्त्रमा शुक्रबार विद्युत् प्रवाह भई आगलागी हुँदा जेनेरेटर, मेसिन, ऊन बनाउने कच्चा पदार्थसमेत जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले आज जनाएको छ ।
यसैगरी काठमाडौँ महानगरपालिका–१३ ताहचल डेरा गरी बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–६ घर भएका ध्रुव दाहालको कोठामा गएराति आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तनलगायतका सरसामान जलेर करीब रु पाँच लाख बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।
यता धारिलो हतियार प्रहार गरेको अभियोगमा गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल पिपलबस्ती बस्ने दोलखाका ३६ वर्षीय दावा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
सोही नगरपालिका बस्ने २८ वर्षीय निर्मल सुनुवारलाई शुक्रबार शेर्पाले चक्कु प्रहार गर्दा घाइते भएका थिए । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *