भर्खरै :

पेस्तोलसहित चार जना पक्राउ

भक्तपुर, १४ पुस ः सशस्त्र प्रहरी बलको विशेष टोलीले आज भक्तपुरको सल्लाघारीबाट इटालीयन पेस्तोलसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा कालिकोट तिलागुफा नगरपालिका–३ का २१ वर्षीय बलजित शाही, सोही ठाउँका २५ वर्षीय मोतिलाल शाही, सोही जिल्लाको महादेव गाउँपालिका–६ का १८ वर्षीय जागेश शाही र मुगुका २२ वर्षीय भीमप्रकाश दाहाल छन् ।
प्रकाउ परेका चारै जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखेर थप अनुसन्धान भइरहेको परिसरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।  (पुस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *