भर्खरै :

धिमे प्रतियोगिता सम्पन्न

भक्तपुर, १५ पुस । भक्तपुर जिल्लास्तरीय दोस्रो धिमे बाजा प्रतियोगिता २०७५ को उपाधि सिरुटारस्थित लूनिभाः धिमे खलःले जितेको छ ।
प्रतियोगितामा सहभागी ११ समूहलाई पछाडि पारेर खलःले नगद १५ हजारको साथमा जिल्लाकै धिमे बाजा बजाउने उत्कृष्ट टोलीको उपाधि जितेको हो । सरस्वती कला केन्द्रले आयोजना गरेको प्रतियोगितामा मध्यपुर थिमिको सिवाः साय्मि खलः ‘क’ समूह दोस्रो, भक्तपुर नासमनाको न्हूजः धिमे खलः तेस्रो तथा सिवाः साय्मि खलःकै मचा पुचः समूह ‘ख’ चौथो भएको हो ।
कार्यक्रममा दधिकोट पकाण्डोलका वाद्यगुरु कृष्णबहादुर मानन्धरलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । कसंस्थाले औपचारिक कार्यक्रमको सुरुमा गतवर्ष आयोजित प्रतियोगिता जितेको बाजा समूहको गुरुलाई सम्मान गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *